नागरिकता लिन नि दुई महिना !


कपिलवस्तु, ३० भदौ – कपिलवस्तुकाे इलाका प्रशासन कार्यालय चन्द्राैटाले नागरिकता बनाउन करिब २ महिना लगाउने गरेकाे छ । प्रशासन कार्यालयले नागरिकताका लागि सेवाग्राहीलाई ५१ दिनपछि पालाे दिने गरेकाे पाइएकाे छ । सेवाग्राहीले कर्मचारीकाे लापरवाहीले नागरिकता लिन समस्या भएको बताएका छन् । कर्मचारीलाई पैसा दिए एक दिनमै नागरिकता बनाई दिने र नदिए करिब २ महिना लगाउने गरेकाे आराेपसमेत लगाएका छन् । यता प्रशासनले सेवाग्राहीकाे भीडले समय लम्ब्याएकाे दाबी गरेकाे छ

। कार्यालयले सेवा प्रवाहलाई सहज बनाउन गत १३ गतेदेखि सेवाग्राहीलाई नागरिकता लिन टाेकन दिँदै आएकाे छ । कार्यालयले गत भदाै २३ गते दिएको एक सेवाग्राहीकाे १८ नम्बर टाेकनमा ५१ दिनपछि नागरिकता लिन आउने भनि उल्लेख गरेकाे छ । कार्यालयका अनुसार अहिले बिना टाेकन ७ सय र टाेकनसहितकाे ६ सय गरि १३ सय नागरिकता बनाउने कार्य पेन्डिङ्गमा रहेकाे छ ।

टाेकन अनुसार इलाका प्रशासनले एक दिनमा ४० देखि ६० जना सेवाग्राहीलाई नागरिकता वितरण गर्दै आएको दाबी गरे पनि प्रति दिन ३३ जनाले मात्र नागरिकता पाउने गरेकाे देखिन्छ । नागरिकता ढिलाे बन्ने भएपछि सेवाग्राहीले सास्ती खेप्नु परेको छ । सूचना अधिकृत हिमलाल विश्वकर्माका अनुसार नागरिकता लिने व्यक्तिको अत्याधिक चापले सेवाग्राहीलाई धेरै समय लाग्ने गरेकाे बताए ।

नयाँ नागरिकता लिने र राष्ट्रिय परिचय-पत्र बनाउने कार्य जारी हुँदा नागरिकताकाे प्रतिलिपि लिनेकाे संख्या धेरै हुने भएकोले ढिलाे हुने गरेकाे उनले दाबी गरे । कार्यालयमा जनशक्ति (कर्मचारी) अभावले कार्यालयले साेँचे अनुसार काम हुन नसकेकाे जिकिर गर्दै सेवाग्राहीले लामाे समय कुर्नुपर्ने अवस्थाकाे सिर्जना भएकाे अधिकृत विश्वकर्माकाे भनाइ छ । यस्तै सेवाग्राहीकाे गुनासोलाई मध्यनजर गर्दै नेकपा एकीकृत समाजवादीका शिवराज नगर कमिटी अध्यक्ष सराेज पाैडेलले सुशासनलाई पारदर्शी बनाउन ध्यानाकर्षण गराएका छन् । बुधबार कार्यालयमा गई सेवाग्राहीलाई सहज वातावरणमा सेवा दिन सूचना अधिकृत हिमाल विश्वकर्मा समक्ष उनले अनुरोधसमेत गरे । कर्मचारीले नागरिकता बनाए वापत सेवाग्राहीसँग अवैध रकम असुल्ने गरेकाे जनगुनासो आएकाे भन्दै निगरानी बढाउनुपर्नेमा पाैडेलले जाेड दिए ।

धेरै पढिएको

ताजा समाचार