शिवराजको ज्ञान ज्योति विध्यालयमा भिज्दै पढ्न र पढाउन बाध्य


कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालीकाको वडा न ५ मा स्थित ज्ञान ज्योति आधारभुत विध्यालय भुढ्ढिहमा लगातारको वर्षाको कारण टिन चुहेर विध्यार्थीहरु पानीमै रुज्दै पढ्न बाध्य भएका छन ।

साथै लगातारको वर्षसगैंआएको पानीको भलहरु छिर्ने अवस्था आए पछि विध्यालयमा पठनपाठन गर्न समेत कठिनाई भएको विध्यालयका प्रधानाध्यापक सिता अधिकारी भुसालले जानकारी दिईन ।

निरन्तरको वर्षाले कक्षाकोठाहरु डुबानमा पर्ने स्थिती आएको छ शिक्षक अधिकारीले भनिन।जस्ताबाट पानी चुहिन थालेपछि कोठाभित्र बिकल्पको लागि भाडाँ थापेर पानी फालेको बताईन । पानी छल्न झोला कुनामा राख्दै ओभानो कुना खोज्दै विध्यार्थी पढाएको बताईन । पानीले कक्षाकोठा नै जलमग्न हुन थाले पछि आज विद्यालयमा पठनपाठन बन्द गरिएको बताईन ।

 

शिवराज नगरपालिका शिक्षा शाखा अधिकृत पुर्ण विश्वकर्माले शिवराजमा स्थिानिय तह आए देखि ट्रस वाला भवन नवनाएको तर पुरानै भवनहरु भएकाले चुहिने पानी छिर्ने समस्या भएको बताए । सामान्य समस्या भए हाललाई सामान्य मर्मत सुधार गरेर समस्या समाधान गर्ने तर अध्यान अध्यापन मै बाधा गर्ने गरी धेरै नै पानी चुहिएको पाईमा जस्ता पाता नै फेरेरै भए पनि समस्या समाधान गर्ने बताए । साथै स्थानिय थहकोसरकार आए देखि शिवराज नगर भित्र सबै खाले विध्यालयका आरसिसी भवनहरु निर्माण भएको समेत बताए।

बिहानै पानी मै भिज्दै विध्यालय पगेका विध्यार्थी कक्षाकोठामा पानी परे पछि झनै प्रभावित बनेका हुन ।कक्षा तिन सम्म संचालन भएको उक्त विध्यालयमा १०३ जना विध्यार्थी अध्यानरत छन।

 

 

धेरै पढिएको

ताजा समाचार