कपिलवस्तु-लुम्बिनी प्रदेशका लेखा समिती सभापति विष्णु पन्थीले पार्टी प्रवेश गर्ने गराउनेहरुले टीका संगै टिकट लिने दिने पचलनले लोकतन्त्र र पार्टी कमजोर हुनुका साथै जनतामा राजनीति प्रति घृणा र वितृष्णा बढाउनेछ जिकिर गर्नु भएको छ ।
लुम्बिनी प्रदेश सभा सांसद समेत रहेका पन्थीले एका विहानै आफनो सामाजिक संजालमा खाइपाइ आएको पार्टीले समानुपातिक नदोहो¥याउने निति लिएपछि टिकट नपाउने भएपछि अर्कोतिर सल्केर टिकट ल्याउने प्रवृति मौलाएको भन्दै अर्को पार्टी प्रवेश गर्ने बित्तिकै टिकट पाईने महत्वकांक्षा बढेको भन्दै टिकाकै भरमा टिक नदिएर टिकटको लागि कम्तिमा पार्टी भित्र ५ वर्षको संघर्ष गर्ने समय कुराउनु पर्ने बताउनु भएको छ ।
पन्थी एमाले कपिलवस्तुका प्रभावसििल नेको रुपमा चिनिनुहुन्छ। यतिवेला निर्वाचनकौ समय नजिकिदै गर्दा उम्मेदवारहरुको नाम सिफारीस भईरहेको छ ।
खाइपाइ आएको पार्टीले समानुपातिक नदोहोर्याउने निति लिएपछि / टिकट नपाउने भएपछि अर्कोतिर सल्केको भन्ने हल्लाहरु सुनेपछि यो लेख्दै छु ।अन्तर पार्टी बसाइँसराइ (खासगरी पद आकांक्षा वाला ) को पिक समय छ । को किन ? पार्टी छाडेर कुन पार्टीमा ? प्रवेश गर्छ भन्ने कुरा नितान्त उसको ब्यक्तिगत मामिला हो र त्यसको सम्मान नै गर्नुपर्छ । तर पार्टी प्रवेश गर्ने गराउनेहरुले टीका संगै टिकट लिने दिने नगरौ । यो तरिकाले राजनीतिमा विकृति मौलाउछ , विचारधारा सिद्धान्त भनेको अवसरबाद र ब्यक्तिगत स्वार्थ हुनेछ । यता ब्यक्ति बलियो हुन्छ उता लामो समय पार्टीमा कामगरेका निष्ठावान र त्यागी नेता कार्यकर्ताको मन भाचिन्छ , लोकतन्त्र र पार्टी भने कमजोर हुन्छन ,जनतामा राजनीति प्रति घृणा र वितृष्णा बढाउनेछ । टीका पछि टिकटको लागि कम्तीमा पाँच वर्ष कुर्ने कुराउने गरौ । “गोडामा पिसाब फेरेर न्यानो ” हुदैन बरु झन जाडो र फोहोरो हुन्छ ।