बाणगंगा मातहतका कार्यालय तथा विद्यालय आज बन्द हुने


कपिलवस्तु-कपिलवस्तुको बाणगंगा नगरपालिकाले आईतबार (आज) शोक बिदा दिने भएको छ ।बाणगंगा नगरपालिकाकी कार्यपालिका सदस्य दामु घर्तिको निधनको शोकमा नगरपालिकाले आईतबार(आज) नगरपालिका मातहतका सबै कार्यालय बन्द गर्ने निर्णय गरेको हो ।

जसमा नगरपालिकाको कार्यालय, वडा कार्यालय, नगर भित्रका सरकारी तथा निजि बिद्यालय, स्वास्थ्य कार्यालय, कृषी तथा पशु कार्यालय बन्द गर्ने निर्णय भएको नगरपालिकाका प्रवक्ता बिष्णु पौडेलले जानकारी दिनु भयो ।

यद्यपि एम्बुलेन्स, दमकल जस्ता अति आवश्यक सेवा भने बन्द नहुने पौडेलले बताउनु भयो ।वडा नम्बर १० की वडा सदस्य दामु घर्तिको ४२ बर्षको उमेरमा क्यान्सरका कारण उपचारका क्रममा आज मृत्यु भएको हो ।घर्तिको मृत्युप्रति नगर प्रमुख चक्रपाणी अर्यालले दुख ब्यक्त गर्नु भएको छ ।

धेरै पढिएको

ताजा समाचार