गोठाटारमा गोली हानी एक गार्मेन्ट सञ्चालकको हत्या


काठमाडौं- काठमाडौंको गोठ्ठाटारमा एक गार्मेन्ट सन्चालकको गोली हानी हत्या भएको छ ।
मंगलबार साँझ साढे ६ बजे लाल मोहमम्दलाई अज्ञात व्यक्तिले गोली प्रहार गरेका थिए । महोम्मदको गोली प्रहारबाट मृत्यु भएको काठमाडौ प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले  जानकारी दिए ।

मोहम्मदको उपचारका क्रममा मृत्यु भएको हो । उनको शरिरमा २/३ राउन्ड गोली प्रहार भएको प्रहरीले जनाएको छ । घटनास्थलबाट प्रहरीले एउटा पेस्तोल पनि बरामद गरेको छ । घटनामा संलग्नलाई पक्राउ गरेको नगरेको बारे प्रहरीले केही बताएको छैन ।

धेरै पढिएको

ताजा समाचार