
कपिलवस्तु – कपिलवस्तुको शिवराज नगरपालिका वडा न ५ निवासी त्रिलोचन पाण्डेको ९ औं दिनको पुण्य तिथीको अवसरमा जेष्ठ नागरीक समाज शिवराज नगरकमिटी र ने क पा एममाले शिवराज नगर कमिटीले शोक सभा सम्पन्न गरेको छ ।
शिवराजका समाज सेविको रुपमा परिचय कायम बनाउनु भएका पाण्डेको गत भाद्र २७ गते ८२ वर्षको उमेरमा भएको असामयीक निधन प्रति शोक सभा सम्पन्न गरेको हो ।
सोक सभालाई सम्बोधन गर्दै नेकपा एमाले कृन्द्रिय सलहाकार सदस्य रामलाल काफलेले यस क्षेत्रका बहुप्रतिभासालि ब्यतित्व पाण्डेको निधनले यो समाजलाई ठुलो क्षति पुगेको बताउनु भयो ।
साथै उहाँकोे समाज परिवर्तनमा अनुकरण्ीय योगदन रहेको चर्चा गर्नु भयो ।साथै उहाले सामाजिक,धार्मिक साथै हरेक क्षेत्रमा सधै गतिसिल भएर समाज सुधामा अविश्मरणिय गोगदान गरेको बताउनु भयो ।
सो अवसरमा वोल्दै नेकपा एमाले जिल्ला उप सचिव अर्जुन कुमार के सीले स्वर्गिय पाण्डे पार्टीगत रुपमा भन्दा पनि पृथक रुपमा आफनो पहिचान बनाउँदै समाज सेवक र समाज सुधारकको प्रेरक रहेको स्मरण गर्नु भयो । सबै समुदायमा घुलमिल गर्न सक्ने बौद्धिक ब्यत्किो निधनले यस क्षेत्रलाई अपुर्णनिय क्षति पुगेको बताउनु भयो । नेकपा एमाले जिल्ला सल्हाकार सदस्यसमेत रहेका पारसमणी पाण्डेका पिताको निधनले समाजलाई अतुलनिय क्षति पुगेको बताउनु भयो ।
सोक सभालाई सम्बोधन गर्दै जेष्ठ नागरीक मन्चका केन्द्रिय सचिव थानेश्वर खनालले सामाजिक रुपन्तारणका पक्षमा उहाँका कार्य सधै मार्गदशनको रुपमा रहने बताउनु भयो ।उहाँको निधनले यस क्षेकमा क्षती पुगेको हुंदा उहाँका निति र सिदान्त अगाल्न सके मात्र पाण्डेको निधन प्रतिको सच्चा श्रदानजली हुने बताउनु भएको थियो ।
स्वर्गिग पाण्डेका श्रमती पुर्णकला ,तिन भाई छोरा बुहारी पारसमणि, टिकाराम र आत्मराम हुनुन्छ। ।जेष्ठ नागरीक समाज शिवराजका अध्यक्ष विष्णु प्रसाद पौडेलको अध्यक्षतामा सम्पन्न सोक सभामा एमाले शिवराज नगरकमिटी सचिव शरद अधिकारीले संचालन तथा स्वर्गिय पाण्डेको जीवनी पढेर सुनाउनु भएको थियो ।सोक सभामा जेष्ठ नागरीक समाजका प्रतिनिधिहरु एवम एमालेका जिल्ला एवम नगरका नेता कार्यक्रताको सहभागिता रहेको थियो।