संजीव गहतराज,कपिलवस्तु-नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले श्रदान्जली सभा सम्पन्न गरेको छ । जिल्ला कमिटि सदस्य रहेका रमेश वि.कले नेकपा एमालेको निति तथा सिद्धान्तलाई आफ्नो समुदाय स्तर सम्म लैजान अग्रिण भुमिका निर्वाहा गरेको प्रति उच्च सम्मान भएको नेकपा एमाले केन्द्रिय कमिटि सदस्य तथा लुम्बनि प्रदेश सह इन्चार्ज गिरधारी लाल न्यौपानेले बताउनु भयो ।
सामाजिक रुपान्तरण र समानताका लागि नेकपा ऐमाले वि.कबाट सधै प्रेरण लिने नेकपा एमाले कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले बताउनु भयो । नेपाल उत्पीडित जातीय मुक्ती समाजलाई रमेश वि.कको निधनले गहिरो चोट पुगेको नेपाल उत्पीडित जातीय मुक्ति समाज केन्द्रिय स्थायी कमिटि सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि.बि गहतराजले बताउनुभयो । वणगंगा नगरपालिका वडा नं.६ निवासि २७ वर्षीय रमेश वि.कको मोटर साईकल र जेसिवि ठोकिदा मृत्यु भएको थियो ।