नेपाल उत्पीडित जातीय मुक्ती समाजको बैठक सम्पन्न


संजीव गहतराज,कपिलवस्तु –नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटिले बैठकलाई तिब्रता दिएको छ । बैठकलाई सम्बोधन गर्दे नागरीकहरु नेकपा एमालेको पक्षमा रहेकोले जनता संघ सहकार्य अभियानलाई अगाडि बढाउन नेकपा एमाले कपिलवस्तु जिल्ला इन्चार्ज बलराम अधिकारीले निर्देशन दिनुभयो ।

बहुसंख्यक दलित समुदायको मुक्तीका लागि नेकपा एमालेलाई प्रदेश र प्रतिनिधि सभामा बहुमतका साथ विजय बनाउन लाग्नुपर्ने नेपाल उत्पीडित जातीय मुक्ती केन्द्रिय स्थायी कमिटि सदस्य तथा नेकपा एमाले जिल्ला कमिटि सचिव सि.बि गहतराजले बताउनुभयो । बैठकले कपिलवस्तु जिल्लाका नगर कमिटिहरुको बैठक र कृष्णनगर नगरपालिकामा भेला आयोजना गर्ने निर्णय गरेको छ ।

बैठकमा मुक्ति समाज केन्द्रिय सदस्य तथा प्रदेश सदस्य बेगम विश्वकर्मा, मुक्ति समाज प्रदेश सह इन्चार्ज एवम नेकपा एमाले प्रदेश कमिटि सदस्य पुर्ण कला सुनार,नेकपा एमाले जिल्ला कमिटि सदस्य तथा मुक्ति समाज इन्चार्ज सुमित्रा परियार, नेकपा एमाले जिल्ला कमिटि सदस्य पुर्ण चन्द्र परियार, मुक्ती समाज प्रदेश सदस्य राम बहादुर गन्र्दभ, मुली समाज केन्द्रिय सल्लाहाकार सदस्य तिरथ पासि लगाएतको आतिथ्यता रहेको थियो ।
नेपाल उत्पीडित जातीय मुक्ती समाज जिल्ला कमिटि अध्यक्ष राम प्रघट कोरीको अध्यक्षतामा संचालित बैठक सह सचिव जानकी गहतराजले संचालन गर्नुभएको हो ।

धेरै पढिएको

ताजा समाचार