गोल्डेन स्टारको १४ औ शिवगढी कप शुरु


सुर्य गुरुङ,कपिलवस्तु-गोल्डेन स्टार युवा क्लबको १४ औ नकआउट महिला तथा पुरुष फुटबल प्रतियोगिता शुरु भएको छ ।
बुधबार गोल्डेन स्टार युवा क्लबको खेल मैदान बानियाभारमा सास्कृतिक कार्यक्रमको सहित भव्य कार्यक्रमको आयोजना गरि शुरु गरिएको हो ।
उट्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि पुर्वराज्यमन्त्री मंगलप्रसाद गुप्ताले खेलले अनुशासन ,स्वास्थ ,र ब्यक्तिको गुणमा निखारता ल्याउदै भोलि देशको लागि योग्य नागरिक उत्पादन गर्ने भएकोले खेल र खेलाडीलाई पलायन हुन नदिने बाताबरण सृजना गर्नु पर्ने बताउँनु भयो ।

 

अन्य देशले खेल क्षेत्रका लागि देशको कुल बजेटको ३०प्रतिशत राख्दा नेपालले भने न्युन बजेट मात्र खेल क्षेत्रका लागि राख्दा अपेक्षित नतिजा देशले पाउन नसकेको गुप्ताले बताउनु भयो ।

पछिल्लोपटक युवाहरू स्वास्थ प्रति अत्यन्तै लापरबाही बन्दै अनलाइन गेम र कुलत तर्फ आकर्षित भैइरहेदा गोल्डेन स्टार युवा क्लबले आयोजना गरेको यो आयोजना सम्मानको भागिदार भएको नगरप्रमुख अजय थापाले बताउनु भयो ।नगरको खेल र खेलाडीहरुको हकहितका लागि कार्यकारी लगायतको टिमसंग छलफल गरेको बताउदै खेलाडीले पाउने सेवा सुविधा,र प्रोत्साहनको सम्बन्धमा नगर कहिले पछी नहट्ने स्थानीय स्तरमा मात्र नभई जिल्ला, प्रदेश ,र केन्द्रिय स्तरको प्रतियोगितामा सहभागी जनाउने खेलाडीलाई पनि सहयोग गर्ने नगरप्रमुख थापाको भनाइ छ ।

शिवराज नगर खेलाडीको उर्वर भुमि भए पनि नगरभित्र हुने प्रतियोगिता र खेलाडीलाई नगरले सोचे जस्तो प्रोत्साहन सहयोग गर्न नसकेको वडा अध्यक्ष रामगोपाल चौधरीले बताउनु भयो । शिवगढीका पर्यटकिय स्थल धार्मिक मन्दिरको प्रचारप्रसार र युवाहरूलाई स्वस्थ राख्न भुमिका खेलेको यस्ता आयोजना र खेलाडीलाई सहयोग गर्न आफू सधैं तयार रहेको अध्यक्ष चौधरीले बताउनु भयो।
फुटबल क्षेत्रमा दुई दशक भन्दा लामो ईतिहास बोकेको शिवगढीका क्लबहरुले थुप्रै दक्ष जनशक्ति उत्पादन गरेको केहि खेलाडीलाई राष्ट्रिय स्तरको छनौट खेलमा समेत पठाउन सफल भएको र स्थानीय स्तरमा समेत थुप्रै फुटबल टिमहरु उत्पादन हुनुले आयोजना सफलता पाएकाे बिक्रम के सिले बताउनु भयो ।

यस्ता आयोजनाहरु निरन्तर हुन सके नगरले स्वस्थ ,अनुशासित जनशक्ति पाउने अनि मात्र नगर ,देश शुखी र समृद्ध बन्ने के सि को भनाई छ।
कार्यक्रमलाई सामाजसेवी हरि श्रेष्ठ स्वास्थ्यका इन्चार्ज बिष्णु क्षेत्री लगायतले सम्बोधन गर्नु भएको थियोे
प्रतियोगिताको बिजेताले नगद ५२ हजार ५ सय ५५ कप मेड्ल र प्रमाणपत्र पाउने छ ।

 

धेरै पढिएको

ताजा समाचार