चन्द्रौटाका व्यवसायीसंग उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम


उत्पादित वस्तुको गुणस्तर र लेवलिङ सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । घरेलु तथा साना उद्योग कार्यालय कपिलवस्तुको आयोजना तथा घरेलु तथा साना उद्योग महासंघ कपिलवस्तुको समन्वयमा चन्द्रौटामा कार्यक्रम सम्पन्न भएको हो ।

 

स्वदेशी उद्यम र उत्पादन दीगो औद्योगिक पुनरुत्थान भन्ने नारा सहित चन्द्रौटा क्षेत्रका उद्योगि व्यवसायिहरुसंग अन्तरक्रिया गरेको हो । कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय तौलिहवाका शिव संकर मिश्रले खाद्य र अखाद्य बस्तु एवम वस्तुको गुणस्तर सम्बन्धी प्रशिक्षण दिएका थिए ।

धेरै पढिएको

ताजा समाचार