बिजयनगरको दुधाधारी माबिमा चोरी


 

कपिलवस्तुको बिजय नगर गाउँपालिका गुगौलीको दुधधारी माध्यमिक बिद्यालयमा चोरी भएको छ । बिद्यालय प्रशासनका अनुसार असोज ४ गते रातिको समयमा चोरी भएको हो ।

बिद्यालयका प्रअ सुग्रीम कोरिका अनुसार विद्यालयमा भएको नगद ६० हजार चोरी भएको हो । विद्यालयले पुराना पुस्तक बेचेको पैसा र कक्षा १२ को फारम भरेको पैसा चोरी भएको प्रअ कोरिले बताउनु भयो ।

विद्यालयमा चोरी भए पछि प्रहरीलाई खबर गरे पछि इलाका प्रहरी कार्यालय गणेशपुरले अनुसन्धान गरिरहेको कोरिले बताए । विद्यालयमा चोरी भएको घटनाले बिद्यार्थीहरु त्राशित भएका छन भने विद्यालय प्रशासनको सुरक्षा र ब्यबस्थापन समिती माथी प्रश्न खडा भएको छ ।

 

धेरै पढिएको

ताजा समाचार