
पूर्व पश्चिम राज मार्ग अन्तर्गत कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. १ मा आज विहान पिकअप बलेरो र मोटर साइकल एक आपसमा ठोकिदाँ मोटर साइकल चालकको निधन भएको छ ।
पश्चिमबाट पूर्व तर्फ गइरहेको बा.प्र. ०१÷०२५ च ९२४४ नंम्बरको वलेरो र विपरित दिशाबाट आइरहेको लु. ५७ प ५८०३ नम्बरको मोटरसाइल ठोकिएको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ । दुर्घटनामा बाइक चालक अन्दाजी ४५ बर्षका चन्द्रमणी ज्ञवालीको उपचारका क्रममा लुम्बिनी प्रादेशीक अस्पताल बुटवलमा निधन भएको वडा प्रहरी कार्यालय प्रमुख कपिल शाहिले जानकारी दिनु भयो । बलेरो र चालक प्रहरी नियन्त्रण रहेको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।