काठमाडौं-बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डे र एमाले नेता सुरेन्द्र पाण्डेलाई मातृशोक परेको छ। उनीहरूकी ८७ वर्षीया आमा मनमाया पाण्डेको बिहीबार बिहान निधन भएको हो ।सुरेन्द्रका अनुसार कान्छा भाइ दीपेन्द्रले बिहान ४:१५ बजे फोन गरेर आमाको निधन भएको खबर गरेका थिए।
उनी पूर्व निर्धारित कार्यक्रमका लागि चितवनमा थिए। आमाको निधनपश्चात चितवनमा रहेका सुरेन्द्र काठमाडौं हिँडेको जानकारी गराएका छन्। त्यस्तै, हेटौंडामा रहेका मुख्यमन्त्री पाण्डे पनि काठमाडौं फर्किएका छन्।
‘भाई कान्छो (दिपेन्द्र) ले आहानै ४:१५ वजे फोन गरेर आमा बितेको खवर गर्यो। म भण्डाराबाट काठमाण्डौं हिँडे’, उनले सामाजिक सञ्जालमा भनेका छन्, ‘आज, भोलि र पर्सी रत्ननगर, राप्ती र भरतपुरमा तय भएका कार्यक्रममा उपस्थित हुन असमर्थ भएको छु।’