कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका ८ विलरहवामा सुरही नदीबाट अवैध रुपमा वालुवा चोरी गरेको आरोपमा एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
अवैध वालुवा चोरी गरी डम्पिङ्ग गर्ने शिवराज ८ विलरहवाका बर्ष ३० का वली मुसलमानलाई प्रहरीले नियन्त्रणमा लिएको हो । सुरही नदी छेउमा रहेको डम्पीङ पलाटमा करिब १ सय ट्राली अवैध वालुवा डम्पिङ्ग गरेको प्रहरीले जनाएको छ ।
डम्पीङ पलाट नजिकै रहेको सुरही नदीबाट रातको समयमा वालुवा निकासी गरि गरेको स्थानिय रामेश चौधरीले बताउनुभयो । बताउनुभयो । प्रहरी चौकी देवीपुरले पक्राउ गरेको टिप्पर र डम्पिङ्ग सन्चालकलाई प्रहरीले प्रकाउ गरेको हो । डम्पिङ्ग पलाटमा रहेको करिब १ सय ट्राली अवैध वालुवा प्रहरीले नियन्त्रणमा लिएको छ ।
डम्पिङ्ग क्षेत्रमा वालुवा लोड गर्न पुगेको बुटवलका रामु खनालको लु १ क ३३३९ नम्बरको टिप्पर समेत प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरिक्षक कपिलजंग शाहीले बताउनुभयो । नियन्त्रमा लिएको टिप्पर र चालकको उहाँले बताउनु भयो