दुर्घटना न्यूनीकरणको प्रमुख उपाय नै ट्राफिक सचेतना :प्रहरी निरिक्षक तिमिल्सिना


  कपिलवस्तु,शिव कुमा बेल्वासे- जिल्ला ट्राफिक कार्यालय कपिलवस्तुले नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर दुर्घटना हुन नदिन विभिन्न अभियान सञ्चालन गरेको छ।चाडपर्वमा तिव्र गति ,मादक पदार्थ सेवन, सिट क्षमता भन्दा बढी यात्रु राख्ने जस्ता कारणले दुर्घटना बढ्ने भएकाले यसलाई न्यूनीकरण गर्न यात्रु सहायता कक्ष,मापसे चाँज ,टाइम कार्ड लागू जस्ता अभियानको थालनी गरेर सवारी दुर्घटना हुँनबाट बचाउन तथा यात्रुहरूलाई सुरक्षितरुमा आफ्नो गन्तव्यमा पुग्न सजिलो होस् भनेर अभियान सुरु गरिएको जिल्ला ट्राफिक कार्यालयका कार्यालय प्रमुख प्रहरी निरिक्षक योगेन्द्र तिमिल्सिनाले बताए ।

ट्राफिक प्रहरीको काम देख्दा सामान्य देखिने तर यसमा विशेष संवेदनशीलताको विषय जोडिएको हुँदा ट्राफिक प्रहरी आफ्नो जिम्मेवारप्रति बफादार हुनुपर्ने बताए ।आम सर्वसाधारणमा ट्राफिक सचेतना अावश्यक रहेकोले सचेतना कार्यक्रम सञ्चालन गर्नु आफ्नो मुख्य उद्देश्य रहेको प्रहरी निरिक्षक तिमिल्सिनाले बताए ।

जिल्लाको मुख्य बजार क्षेत्रमा अव्यवस्थितरुमा सञ्चालनमा बजार क्षेत्र ,पार्किङ क्षेत्रहरुलाई र छाडा चौपायाहरुलाई स्थानीय सरकारको समन्वयमा व्यवस्थित गरिने बताए ।त्यस्तै भारतीय नाकाबाट भित्रने सवारीसाधनले तिव्र गतिमा हाक्ने,रातिको समयमा हेडलाईट डाउन नगर्ने जस्ता गुनासो हामीमा आएका हुँदा नाका प्रवेशकै क्रममा उनीहरूलाई सचेतना दिने कार्यक्रम सञ्चालन गरिएको बताए ।अभियान सफल पार्न एक्लो प्रयासले सम्भव नहुने भएकोले स्थानीय सरकार तथा संचार माध्यमको अहम् भूमिका रहेकोले सहकार्यको आवश्यक रहेको बताए।

धेरै पढिएको

ताजा समाचार