असोज २६ गते /चन्द्रौटा कपिलवस्तु-
अखिल नेपाल किसान महासंघ शिवराज नगर कमिटिले तेस्रो विस्तारीत बैठक सम्पन्न गरेको छ । बैठकलाई सम्बोधन गर्दै २०२५ सालमा सरकारले धनई प्रथा माफ गर्नुपर्छ भन्दै नेपालको मध्येभाग नवलपरासीबाट आन्दोलनको आफुले शुरुवात गरेको नेकपा एमाले क्षेत्र न. ३ का उमेदवार मंगल प्रसाद गुप्ताले बताउनुभयो । कठोर आन्दोलनका बाबुजुत पहिलो पटक प्रति विघा धनई लिने नियम खारेज गारउन सफल भएका नेकपा एमालेको तर्फबाट क्षेत्र न. ३ का उमेदवार गुप्ता बताउनुभयो । त्यस्तै जग्गा धनी र मोहिको विवादमा ५० प्रतिसत जग्गा मोहिलाई प्रप्त हुने ब्यवस्था सरकारसंग गरेको, जग्गा भाडामा लिएबापत सरकारलाई तिर्ने कुद हटाउने जस्ता किसानको पक्षमा आफुले अनगन्ती काम गरेको नेकपा एमाले क्षेत्र न. ३ का उमेदवार गुप्ताले बताउनुभयो । यस क्षेत्रको किसानहरुलाई वर्षेनी हुने विउ, विजन, मलखाद जस्ता समस्याहरुमा आफु खरो उत्रने नेकपा एमाले क्षेत्र न. ३ का उमेदवार गुप्ताले बताउनुभयो ।
कार्यक्रममा छोटो मनतब्य राख्दै मुलुकलाई आत्मनिर्भर बनाउन सम्भावना बोकेको कृषि क्षेत्रको विकासका लागि कुनै जनप्रतिनिधिले हाल सम्म काम नगरेको बताउदै आफुले सिचाई, बाटोघाटो लगाएत धेरै क्षेत्रको विकासका लागि काम गरेको नेकपा एमाले क्षेत्र नं.३ (१) का उमेदवार अर्जुन के.सि.ले बताउनुभयो । यस क्षेत्रको विकासका लागि फेरी पनि आफुले उमेद्धारी दिएको बताउदै सुर्य चिन्हमा मतदान गर्न उमेदवार अर्जुन के.सि.ले आवहान गनुभयो ।
त्यस्तै बैठकमा नेकपा एमाले जिल्ला कमिटि सचिव सि.वि. गहतराज, नेकपा एमाले जिल्ला कमिटि सदस्य बाबुराम सापकोटा, नेकपा एमाले शिवराज नगर कमिटि अध्यक्ष जगत पौडेल लगायतको उपस्थिती रहेको थियो । बैठक अखिल नेपाल किसान महासंघ शिवराज नगर कमिटि अध्यक्ष बेलसिंह रावतको अध्यक्षता, अखिल नेपाल किसान महासंघ कपिलवस्तु जिल्ला कमिटि अध्यक्ष रुकमागत पन्थीको स्वागत र अखिल नेपाल किसान महासंघ जिल्ला कमिटि सचिव नारायण प्रसाद पन्थीको संचालनमा सम्पन्न भएको हो ।
आफु किसानको हितमा सधै आन्दोलन गर्ने :एमाले उम्मेदवार गुप्ता
© 2024 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech