विश्व दृष्टि दिवसको अवसरमा १ सय बढिलाई निःशुल्क आँखा जाँच तथा चस्मा वितरण


  कपिलवस्तु –विश्व दृष्टि दिवसको अवसरमा छन्द ( कालेबाबू ) नारायणी आँखा अस्पताल बहादुरगन्जले एक सय बढी आँखाका बिरामीको निशुल्क आँखा जाँच तथा चस्मा वितरण गरेको छ । प्रत्यक अक्टुवर महिनाको दोस्रो बिहिवार मनाईने दृष्टि दिवसको अवसरमा अस्पतालमा आँखा जांच गराउन आएका नजिकको देख्न नसक्ने विरामिहरुलाई आँखा जांचँ तथा निशुल्क चस्मा वितरण गरीएको अस्पतालका प्रसासकिय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो । 

यसैगरी निमार्णको अन्तिम चरणमा पुगेको अस्पतालको कर्मचारी आवास भवनको नगर प्रमुख रजत प्रताप शाहले अनुगमन गर्नुभएको छ । कृष्णनगर नगरपालिकाका प्रमुख शाहले अस्पताल परीसरको अनुगमन गर्दै सहज सेवा प्रदान गर्न अग्रहका साथै अस्पताललाइ हरपल आपनो साथ र सपोट रहने बताउनुभयो ।

 

सन २००४ मा कपिलवस्तु बहादुरगंजमा स्थापना भएको यस छन्द ( कालेबाबू ) नारायणी आँखा अस्पतालले हलसम्म ९ लाख १५ हजार ४२८ जनालाई अस्पताल कक्षबाट सेवा प्रदान गरेको प्रसासकिय अधिकृत विश्वकर्माले बताउनुभयो । भारतसंग सिमा जोडिएको र भारतमा भन्दा नेपालमा आँखाको उपचार सस्तो भएको हुदा अस्पतालमा ७५ प्रतिशत सेवाग्राहि भारतिय रहेको उँहाले जनकारी गराउनुभयो । स्थापना कालदेखि हालसम्म १ लाख २१ ह्जार ९९७ जनाको मोतिबिन्दुको सफल अप्रेसन गरेको र कपिलवस्तुका विभिन्न पालिकामा समय समयमा शिविर संचालन मार्फत सहज सेवा प्रदान गर्दै आइरहेको अस्पतालका प्रसासकिय अधिकृत विश्वकर्माले बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार