दिपक भण्डारी विजयनगर-स्थानीय पाठ्यक्रम निर्माणका लागि सरोकारवालाहरुसँग कार्यशाला गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । शिक्षा युवा तथा खेलकुद शाखा विजयनगर गाउँ पालिकाको आयोजनामा स्थानीय पाठ्यक्रम निर्माणका लागि गाउँपालिका स्तरिय सरोकारवाला हरु वाट सुझाव सङ्कलन कार्यक्रम आज बिजयनगर गाउँपालिकाको सभाहलमा सम्पन्न भयको छ ।
सम्भव भए सम्म आगामी शैक्षिक सत्र सम्म स्थानीय पाठ्यक्रमको पढाइ सुरू गर्ने, स्थानीय आवश्यकता, विषयवस्तु, स्थानीय विज्ञको सुझाव र सहयोगमा पाठ्यपुस्तक तयार गर्ने पाठयक्रममा विजयनगरको स्थानिय परिवेस समाबेस , प्रम्परागत शिप प्रबिधी, आर्थिक कृयाकलापहरु, सामाजिक अबस्था , बन जंगल परावरण, भुगोल इतिहास सामाजिक मुल्य मान्यता नदिनाला खोलानाला मठमन्दिर , सामाजिक ब्यतिका जिवनी समेत समावेस गरेर पाठ्यक्रम निर्माण गर्ने गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले बताउनुभयो ।
कार्यशालामा शिक्षा शाखा प्रमुख हरीहर बेल्वासेले स्थानीय पाठ्यक्रम निर्माण आजको आवश्यकता भएको औंलाउँदै यसको निर्माण र कार्यान्वयनमा समस्याहरू पनि रहेको बताउनुभएको थियो । उहाँले सवैको सहकार्यमा सफलता हात पार्न सकिने बताउनु भयो । संस्कृति, सामाजिक विविधता, इतिहास, सांस्कृतिक सम्पदा, पुरातत्व, परम्परागत तथा प्रचलित सीप तथा कला, ऐतिहासिकता, भूगोल, प्राकृतिक सम्पदा सहितका विषयमा सरोकारवालाहरुले छलफल गरी टिपोट बुझाएका छन् ।
कार्यक्रममा वडा नं ७ का वडा अध्यक्ष दिनेश चौधरीको स्वागत मन्तव्य रहेको थियो भने इन्द्रेणी ग्रामिण विकास केन्द्र नेपालका परियोजना संमयोजक राम बुढा मगर , कालिका स्वावलम्बन सामाजिक केन्द्रका कार्यक्रम अधिकृत अशोक चन्द्र लम्साल, शिक्षक , राजनितिक दलका प्रतिनिधि युवा समाजसेवी लगायतको उपस्थिति रहेको थियो, कार्यक्रम सहजिकरण पुर्व जिल्ला शिक्षा अधिकारी बाबुराम भट्टराईले गर्नु भएको थियो ।