आर्थिक अभावले शिक्षक नै ओछ्यानमा


राम अवतार  चौधरी ,चन्द्राैटा(कपिलवस्तु), २३ असाेज ।

कपिलवस्तुको शिवराज नगरपालिका-५, चन्द्राैटाका सन्ताेष केसी करिब एक दशकदेखि बिरामी भइ थला परेका छन् । चन्द्राैटा अवस्थित राष्ट्रिय माध्यमिक विद्यालयमा विगत १७ बर्षदेखि केसी शिक्षण पेशा गर्दै आएका छन् । उनले उक्त विद्यालयमा राहत काेटामा अध्यापन गराइरहेका उनले बताए ।

पछिल्लो ६ महिनादेखि एन.के. टिसेल लेम्फाेरा राेगले गत बैशाखबाट ग्रसित भइ घरमा थला परेका छन् । त्याे भन्दा पहिलेदेखि बिरामी भइ उपचाररत रहेकाे थिए । लखनउ अवस्थित अवध विश्व विद्यालयका डाक्टर राम मनाेहर लाेहियाका अनुसार उक्त राेगबाट उनी नेपालकै तेस्राे व्यक्तिकाे रुपमा ग्रसित भएकाे केसी बताउँछन् ।

चन्द्राैटा, बुटवल, काठमाडौं लगायत भारतकाे लखनउसम्म उनी उपचार गराइरहेकाे उनकी श्रीमती मञ्जु थापाकाे भनाइ छ । बिरामी केसी महिनाैसम्म विभिन्न शहरमा उपचार गर्दा करिब १६ लाख खर्च भएकाे थापा बताउँछिन् । पारिवारिक स्राेतका अनुसार समयमा थप उपचार हुन सके डाक्टरले बिरामी निकाे हुन सक्ने बताएकाे छ । भारतकाे लखनउमा हाल उनी उपचाररत रहेका छन् ।

यति लामाेसम्म बिरामी केसी उपचाररत रहँदा विद्यालयमा अध्यनरत विद्यार्थीले सहयाेग गरेकाे उनले जनाए । शिक्षक र अभिभावकले उपचारमा सहयाेग गर्ने कुरा चलेकाे तर अहिलेसम्म सहयाेग गर्न नसकेकाे साे विद्यालयका प्रधानाध्यापक बलदेव लामिछानेकाे भनाइ छ । अहिलेसम्म आफन्तजन र साथीभाइसँग ऋण लिई सबैकाे सहयाेगले उपचारमा मद्दत पुगेकाे सामाजिक अभियान्ता सन्ताेष पाैडेलले बताए ।

समाजमा अत्यन्तै राम्राे छबी बनाएका ग्रसित केसी विशेषगरी शिक्षण पेशालाई मुख्य पेशाकाे रुपमा अगाडी सारेकाे पाैडेलकाे भनाइ छ । अभियान्ता पाैडेल भन्छन् : “सन्ताेष केसी सर हाम्रो गुरु हुनुहुन्छ, जसरी भएपनि उहाँलाई नयाँ जीवन दिनुपर्छ ।” समाजका एक असल मार्ग निर्देशक बिरामी केसीलाई आर्थिक लगायत हरेक पाटाेमा सघाउन आवश्यक रहेकाे उनले बताए ।

बिरामी केसीकाे उपचारमा भएको पैसा सकिएपछि अहिले निरन्तर औषधी उपचारका लागि आर्थिक अभावपछि उनले सहयोगकाे अपिल गरेका छन् । उपचारलाई निरन्तरता दिन सके निकाे हुने डाक्टरले बताएकाे उनकाे भनाइ छ । केसीले भने; ‘विद्यार्थी, शिक्षक, अभिभावक र आफन्तले मेराे उपचारमा सहयोग गरेका छन् ।

अहिले आर्थिक अभावले थप उपचारमा समस्या देखिएको छ । म सञ्चाे भई शिक्षा पेशालाई निरन्तरता दिन चाहन्छु’ । उनी उपचारका लागि सबैलाई सक्दाे सहयाेगकाे आश गर्दै ओेछ्यानमा बसी रहेकाे अवस्था छ । उनका श्रीमती र सात बर्षिय एक छाेरा रहेका छन् ।

धेरै पढिएको

ताजा समाचार