
कपिलवस्तुमा ब्राउन सुगरसहित एक जना पक्राउ परेका छन्। जिल्लाको कृष्णनगर नगरपालिका वडा नं.–१२ हरिगवा बाट प्रहरीले शनिबार दिउँसो कृष्णनगर नगरपालिका वडा नं. १२ मानपुरका ३१ वर्षीय ओम प्रकाश पाललाई लागु–औषध जस्तो देखिने १३.३४० ग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहिले जानकारी दिनु भयो ।
हरिगवा स्थित आँपको बगैंचाबाट लागु–औषध कारोवार भएको भन्ने सुचनाको आधारमा नेपाल प्रहरी प्रदेश कार्यालय भैरहवा रुपन्देही र वडा प्रहरी कार्यालय चन्द्रौटा कपिलवस्तुको संयुक्त रुपमा खटिएको टोलिले पाललाई खानतलासी गर्दा निजको साथबाट ब्राउन सुगर बरामद गरेको हो।
पक्राउ परेका पालमाथि थप अनुसन्धान अघि बढाएको वडा प्रहरी कार्यालय चन्द्रौटाका प्रहरी निरीक्षक कपिल शाहिले जानकारी दिनु भयो ।
।