शिवराजमा डेङ्गुका विरामी बढ्दै , विरामीलाई दिन जिवनजल समेत छैन


 

कपिलवस्तु, असोज ३०
कपिलवस्तुको शिवराजपालिकामा डेङ्गु रोगका विरामी संख्या बढ्दै गएको छ । नगरपालिकामा असोज २४ गतेको सम्मको तथ्यांक हेर्दा १८९ जना डेङ्गुका विरामी फेला परेका छन । नगर भित्रका विभिन्न स्वास्थ्य संस्थाहरुमा समेत गरिएको परिक्षण मध्ये १८९ जनामा डेङ्गु देखिएको हो ।
डेङ्गु संक्रमित देनिक बढ्दै गएको अवस्थामा विरानीमा प्रयाप्तमात्रका पानीका लागी दिइने औषधी जिवनजल विगत ३ महिना देखि नगरमा अभाव रहेको छ ।डेङ्गुका विरामीलाई जिवनजल समेत दिन नसकिएको नगरपालिकाले संचालन गरेको शिवराज आधारभूत अस्पताल प्रमुख डा.महेश गुप्ताले बताए । हामीकहाँ विगत ३ महिना देखि जिवनजल सकिएको छ , नगरले समयमा नै खरिद गरेर नदिदाँ डेङ्गुको संक्रमण बढ्दै जादाँ विरामीलाई जीवनजल समेत दिन नसकेको उनले बताए ।
यता नगरपालिकामा दैनिक जसो डेङ्गुका विरामी बढ्दै गएको भए पनि यसको नियन्त्रण र रोकथामका लागी भने नगरपालिका अनुदार रहेको स्थानियले गुनासो गरेका छन । नगर भित्र रहेका पानी जम्ने खाल्डा खुल्डी पुर्ने मच्छर मार्ने विसादी छर्केने तर्फ नगरको ध्यान नगएको स्थानियले बताएका छन ।
नगरपालिकाले भने डेंङ्गु रोग नियण्न्त्रण र रोकथामका लागी सरोकरावाला संग छलफल कार्यक्रम तय गरिएको शिवराज नगरपालिका प्रमुख अजय थापाले बताए । डेङ्गु नियन्त्रण र रोकथामका लागी स्वास्थ्य कर्मी , स्थानिय बुद्धीजिवी, जन प्रतिनिधी, संचारकर्मी लगायत संग छलफल गरि “खोज र नष्ट गर” अभिायन संचालन गरिने नगर प्रमुख थापाले बताउनु भयो ।
जिवनजल लुम्बिनी प्रदेशमा नै अभाव रहेको हुदाँ नगरमा पनि अभाव भएको शिवराज स्वास्थ्य शाखा प्रमुख चुडामणी भट्टराईले बताउनु भयो । नगरले जिवन जल खरिद प्रक्रिया अगाडी बढाई सकेकोले अब केहि दिनमा नै अभाव हट्ने भट्टराइले बताउनु भयो ।

 

धेरै पढिएको

ताजा समाचार