अर्घाखाँची, ०३ कार्तिक –
अर्घाखाँचीमा अरिंगालको टोकाइबाट एक महिलाको मृत्यु भएको छ । शितगंगा नगरपालिका–३ पदनीकी २१ वर्षीया रोमा सारुको मृत्यु भएको प्रहरीले जनाएको छ । बुधबार दिउँसो गाइ चराउन गएकी उनलाई अरिंगालले टोकेको थियो । अरिंगालको टोकाइबाट उनी गम्भिर घाइते भएकी थिइन् । सारुको उपचारको क्रममा आज बिहीबार देवदह मेडिकल कलेजमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपरिक्षक मुकुन्द रिजालले जानकारी दिनुभयो ।