विकासको खाका लिएर चुनावी मैदानमा क्षेत्र नं. १ का एमाले उम्मेद्वार


 

हरि आचार्य,कपिलवस्तु, कात्तिक ४-कपिलवस्तु क्षेत्र नं. १ अन्तर्गत नेकपा (एमाले) का उम्मेद्वारहरु विकासको खाका लिएर चुनावी मैदानमा उत्रीएका छन् । यस अगाडि पनि समाजसेवामा निरन्तर होमिएका तीनै जना उम्मेद्वार यति बेला मतदाता भेटघाटलाई तिब्रता दिएको निर्वाचन परिचालन कमिटीले जनाएको छ ।

आज बाणगंगा नगरपालिका वडा नं. ४ मा प्रदेश सभा तर्फका समानुपातिक उम्मेद्वार गिरधारीलाल न्यौपानेले पार्टीको सम्पर्क कार्यालयको उद्घाटन गर्नुभएको हो । कार्यालय उद्घाटन गर्दै पार्टीका केन्द्रिय सदस्य समेत रहनुभएका न्यौपानेले विचार नमिल्नेहरुको सत्ता गठबन्धन पहिलो चरणमै परास्त भईसकेको बताउनुभयो । जसपाले सत्ता गठबन्धन एकाएक छाडेर एमालेसं मिल्न आएसंगै यसको पुष्टि भएको न्यौपानेले बताउनुभयो ।

क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका उम्मेद्वार बलराम अधिकारीले यस क्षेत्रको विकासमा विगत देखि आफ्नो योगदान रहेको बताउदै आगामि दिनमा पनि त्यसको निरन्तरता दिने बताउनुभयो । उहाँले यहाँको विकासको नेतृत्व गर्ने अवसर विगतको योगदानले गर्दा आफुले पाउने बताउनुभयो । एमाले बाणगंगा ४ निर्वाचन परिचालन कमिटी संयोजक सर्वेन्द्रदेव खनालको अध्यक्षता तथा वडा कमिटी अध्यक्ष देवी पाण्डेको सञ्चालन रहेको उक्त कार्यक्रममा पार्टीका नेता कार्यकर्ताहरुको उपस्थिती रहेको थियो ।

त्यस्तै प्रतिनिधि सभा सदस्यका उम्मेद्वार जिल्लको शुद्धोधन गाउँपालिका वडा नं.५ का विभिन्न स्थानका अगुवा कार्यकर्ता तथा मतदातासंग भेटघाट गर्नुभएको छ । मतदातासंग भेटघाट गर्दै उहाँले मधेशको विकासका लागि एमालेको विकल्प नरहेको दावि समेत गर्नुभएको छ ।

क्षेत्र नंं.१ (ख) प्रदेश सभा सदस्य पदका उम्मेद्वार मधुसुदन शरण चौधरीले पनि आफ्नो क्षेत्रका मतदाता तथा अगुवा कार्यकताहरुसंग भेटघाटलाई तिब्रता दिनुभएको छ । भौतिकसंगै सामाजिक रुपान्तरणको क्षेत्रमा विकास गर्ने खाका सहित निर्वाचनमा होमिनुभएका चौधरीले सुर्य चिन्हमा भोट हालि जनताको सेवा गर्ने अवसर प्रदान गर्नेमा आफु ढुक्क रहेको बताउनुभएको छ ।

धेरै पढिएको

ताजा समाचार