कपिलवस्तु-विगतका वर्षमा देउसी भैलो खेलेर जुटेको सहयोगनर्थबाट विभिन्न सामाजिक काम गरेको जे डि सी डान्स ग्रुप चन्द्रौटाले बिगत का बर्ष झै यस बर्ष पनि तिहारको अवसर पारेर देउसी भैलो खेल्ने तयारी गरेको छ।
कपिलवस्तुको शिवराज ५ चन्द्रौटामा अवस्थित यस डान्स क्लवले विगतको वर्षमा देउसीबाट जुटेको सहयोगबाट नगर भित्रका दर्ज बढि अपांग,असाहाय नागरीकहरुलाई सहयोग गरेको थियो । उक्त क्लवले नगर भित्रका २०० बढि बालबालिकाहरुलाई नियमित रुपमा नित्य सिकाउँदै आएको छ ।
देउसी भैलो खेल्ने तयारीमा रहेको उक्त क्लवले यो वर्ष पनि समाजमा रहेका विभिन्न टुहुरा,अपांग,असाहाय,ब्यक्तीलाई सहयोग गर्नुका साथै समाजीक कार्यमा सहयोगार्थको केहि रकम बाट संकलन भएको पैसाले सामाजिक काम मा खर्च गर्ने क्लवका ब्यवस्थापक अक्षय थारुले बताए ।
समाज परिवर्तन युवाले मात्र गर्न सक्ने भएकाले युवाले एक जुट भएर लाग्नुपर्ने पर्ने र संस्कृतिको जगेर्नामा युवाहरुको अहम भुमिका रहेको भन्दै देउरी भैलोको आयोजना गरेको क्लवका सदस्य विशाल क्षेत्रीले बताए ।
परिवर्तित समाजको युवा पुस्ताहरुले परिवर्तन गर्न सक्ने भएकोले युवाहरुलाई साथ दिनुपर्ने उनको भनाई भनाइे छ। साथै देउसी भैलोको तयारी तिब्ररुपमा अगाडि बढी रहेको कल्ब जानकारी दिएको छ । तिहारको बेला राति नौ बजेसम्म मात्र देउसीभैलो खेल्न प्रहरीले अनुरोध गरेको छ ।