एमाले जिते विकासले फड्को मार्छ उम्मेदवार : गुप्ता


 

कपिलवस्तु, ५ कात्तिक -कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ताले एमालले जिते फड्को मार्ने बताउनु भएको छ । जिल्ला विजयनगर गाउँपालिका वडा नम्बर ५ र ७ को विभिन्न गाउँको शनिबार घरदैलो अभियानको क्रममा उहाँ यस्तो बताउनुभयो ।

आफूले पदमा नहुँदा पनि स्थानीय स्तरमा कराडौँ पर्ने जग्गा शिक्षा क्षेत्रको स्तरोन्नती हुनेगरि आफ्नो रगत पसिनाको कमाई विद्यालयमा लगानी गरेको बताउनुभयो । उहाँले शिक्षासँगै सडक सञ्जाल लगायत स्वास्थ्य क्षेत्रमा समेत प्रत्यक्ष महसुस हुनेगरी योगदान पु¥याएको दावी गर्नुभयो ।

विशेषगरी कपिलवस्तुको हकमा कृषिको हब रहेको यस स्थानमा सिँचाइ, मल लगायत कृषिजन्य सामग्री उपलब्ध गराउन कटिबद्ध भएर लाग्ने उल्लेख गर्नुभयो । समुन्नत समाजको निर्माण गर्न एमालेको सरकार आउन जरुरी रहेको जनाउँदै जिल्लाको ठूलो भन्सार नाका कृष्णनगरलाई नमुना नाका बनाउने उम्मेदवार गुप्ताको भनाई छ ।

धेरै पढिएको

ताजा समाचार