
कपिलवस्तु-क्षेत्र नम्बर ३ (२) का प्रदेश सभा सदस्य पदका उम्मेदवार रजाउ रहमान खाँले सुशासन र समृद्ध देशको बनाउने सपनाको साकार एमालेले मात्र पार्न सक्ने बताउनुभयो । आम नागरिकको जीवनस्तर उकास्न शिक्षासँग पहुँच बढाउन उहाँले जोड् दिनुभयो । हरेक समुदायको मनोभावना अनुरुप काम गर्ने पार्टी एमाले रहेको जिकिर गर्दै मतदातालाई सूर्य चिन्हमा मतदान गर्न आग्रह गर्नुभयो ।