भगवती न्यौपाने कपिलवस्तु-
आगामी मंसिर ४ गतेको निर्वाचनको लागि माओवादीको तर्फबाट गठबन्धनका प्रतिनिधि सभातर्फ कपिलवस्तुको क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका चक्रपाणी खनाल बलदेवले चुनाव सिट जित्नका लागि मात्रै नभर लोकतन्त्र र सविधानको रक्षा गर्न गठबन्धनको सरकारको आवश्यक रहेको बताउनु भयो । संविधानको रक्षा गर्दै बनेको गठबन्धनलाई कसैले हराउन नसक्ने दावी गर्दै अगाडि सारेका विकासका योजनालाई पुर्ण रुपमा पूरा गर्ने प्रतिबद्धता जनाउनु भयो ।
संविधानको रक्षा ,स्थिरता र सम्वृद्धिको लागि संयुक्त गठबन्धन ,प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ को वडा नम्बर ८ बोड्गाउमा चुनाब प्रचार पसार समितिको सम्पर्क कार्यलयको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दैै उहाँले यस्तो बताउनु भएको हो । लोकतत्रत,संविधान र संसद बचाई सकेको अब जनताले महसुस गर्ने गरि विकासका निमार्णका काम गर्ने दावि गर्नु भयो ।
कृषि, सिन्चाई, शिक्षा बाटो घाटो विकासका थुपै काम गरेको भएता पनि प्रचार प्रसारको कमिले यसको श्रेय अरुले लिएको बताउनु भयो । एकपालिका एक रंगशाला सुरु भएको बताउदै यसलाई पुर्णता दिने र प्रटकिय क्षेत्रलाई अगाडि बढाउने तर्क गर्नु भयो ।
।