कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिकाले डेंगु संक्रमित बिरामीहरुको संख्या बढ्न थाले पछि डेंगु विरुद्ध औषधि छर्किन थालेको छ।
डेंगुका बिरामीहरु बढ्न थालेपछि यसको रोकथामका लागि नगरपालिकाले नगर भित्र विभिन्न स्थानमा डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ (डेंगु सार्ने लामखुट्टे मार्ने औषधि छकिएको शिवराज नगरपालिकाका प्रमुख अजय थापाले बताउनु भयो ।
डेंगु नियन्त्रण गर्न भन्दै नगरले आज(आईतवार ) देखि डेंगु विरुद्ध औषधि छर्किन थालेको बताउनु भयो ।नगर प्रमख थापाले दिपावलीमा नगरवासिले देउसी , टिका मालाको साथमा तिहार मनाउँछन हामी जनप्र्रतिनिधि डेंगु सार्ने लामखुट्टे मार्नका लागि फगिङ मेसिनबाट औषधि छर्केर डेंगु मुक्त अभियानमा लाग्छौं उहाँले भन्नुभयो ।
डेंगुका बिरामीहरु बढ्न थालेपछि यसको रोकथामका लागि विभिन्न अभियानहरु सञ्चालन गर्दै आएको नगरपालिकाले आज देखि डिजेट, पेट्रोल र थर्ड ग्रेडसहितको विषादी मानिने फगिङ मेसिनबाट औषधि छर्कन थालेको वडा नम्बर ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासेले बताउनु भयो। चन्द्रौटाबजारबाट औषधि छर्कन थालेको अध्यक्ष बेल्बासेले बताउनु भयो ।शिवराज नगरपालिकामा ६ सय २५ जनाले डेंगु जाँच गराएकोमा २ सय ४४जनामा डेंगु पोजेटिभ देखिएको शिवराज नगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख चुरामणी भट्राईले जानकारी दिनु भया ।