अर्घाखाँची -अर्घाखाँचीको शितगंगा बाट फरार अभियुक्त १० वर्षपछि पक्राउ परेका छन । शितगंगा नगरपालिका वडा नम्बर ६ का शालिकराम थापा जबरजस्ती करणी मुद्धामा फरार रहेका थिए । उनलाई प्रहरीले शुक्रवार १० वर्षपछि पक्राउ गरेको हो ।
थापालाई २०६९ कार्तिक २६ गते हाडनातामा जबरजस्ती करणी गरेको आरोपमा २०७२ मंसीर २६ गते जिल्ला अदालत अर्घाखाँचीले १५ बर्ष कैद सजाय सुनाएको थियो ।
अदालतको फैसला पछी फरार रहेका थापालाई जिल्लाको शितगंगा नगरपालिकाको वडा नम्बर ४ चाक्लामा लुकी छिपी बेसेको अवस्थामा ईलाका प्रहरी कार्यालय ठाडाबाट खटिएको प्रहरी टोलीले शुक्रबार बेलुका ५ बजे पक्राउ गरेको थियो ।