कपिलवस्तु,-चुनावको मुखैमा कपिलवस्तुमा विभिन्न पार्टी परित्याग गरी ३० जना बढि एमालेमा प्रवेश गरेका छन । आसन्न मंसिर ४ गतेको चुनाव नजिकिँदै गर्दा एमालेमा प्रवेशको आकर्षण बढेको छ ।
कपिलवस्तु क्षेत्र न ३ को शिवराज नगरपालिका वडा न ९ मा निर्वाचन परिचालन संम्पर्क कार्यालयको उदघाटन कार्यक्रममा लो.स.पा बिजय नगर गाउँपालिकाका उपाध्यक्ष अब्दुल कलाम खाँन, नेपाली काङ्ग्रेस शिवराज ८ नगर सदस्य निजाम उदिन, शिवराज ९ शिवगढि ज.स.पा वडा कमिटी अध्यक्ष मंगल प्रसाद थारुको नेतृत्वमा ३० बढि नेकपा एमाले प्रवेश गरेको नेकपा एमो शिवराज नगरपालिका वडा न ९ का वडा कमिटी सचिव पदम सुनारले जानकारी दिनु भयो ।
कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले जनताको अपार माया र साथ पाएको भन्दै जित सहज भएको बताउनु भयो ।
गाउँघरको समस्यालाई मध्यनजर गर्दै योजना ल्याउनुको साथै शिक्षा र कृषिलाई प्राथमिकताराखेर चुनावि मैदानमा उत्रिएकै कारण जित सहज भएको उल्लेख गर्नु भयो । आम नागरिकले रुचाएको एकमात्र पार्टी नेकपा एमाले रहेको जिकिर गर्दै देशलाई समृद्धि र शक्तिशाली बनाउने उल्लेख गर्नुभयो । “सुखी नेपाली, समृद्ध नेपाल” बनाउने आम नेपालीको चाहना एमाले पार्टीबाट मात्र संभावना रहेको समेत गुप्ताले बताउनुभयो । यसपटकको आफ्नो जित सुनिश्चित रहेको जनाउँदै एमालेको सरकार बनाउन सुर्य चिन्हमा मतदान गरि विजय गराउन उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै सोहि कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र न ३(२) का उम्मेदवार रजाउ खाँले आफना चुनावि एजेण्डा नागरीक माझ प्रतुत गर्दै एमाले पार्टी विकासको आधार भएको उल्लेख गर्नु भएको थियो ।
एमाले नेतृत्वको सरकारले छोटो समयमा सुरु गरेका विभिन्न योजना र अधुरा विकासका काम पुरा गर्न एमालेकै सरकारको आवश्यक रहेको बताउनुभयो ।
सोहि कार्यक्रममा नेकपा एमाले केन्द्रिय सदस्य गिरीधारीलाल न्यौपाने ,कपिलवस्तु क्षेत्र ३ निर्वाचन परिचालन कमिटीका संयोज सफर अलिमिया, जिल्ला कमिटी सचिव चन्द्र बहादुर गहतराजलगायतले एमालेलाई जिताउन सबै जनवर्गिय संगठन सकृय भएर लाग्न आग्रह गर्नु भएको थियो ।