समतामूलक समाजको निमार्ण गर्न एमाले अग्रसर छ:उम्मेदवार के सी


कपिलवस्तु
नेकपा एमाल ेनिकट जातीय सङ्गठन नेपाल उत्पीडित जातीय मुक्ति समाजको नगरस्तरीय कार्यकर्ता भेला सम्पन्न भएको छ । आसन्न निर्वाचनलाई लक्ष्ति गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा नगर भेलालाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र न ३( १) का उम्मेदवार अर्जुन कुमार के सी ले नेकपा एमालेले मात्र दलित तथा उत्पिडित समुदायका नागरीकको उथ्थान र हित चाहने बताउनु भयो ।

जातपात र छुवाछुत प्रथाको पूर्ण अन्त्य, समतामूलक समाजको निमार्ण गर्न एमालेले एककदम अगाडि पाईला चालेको बताउनु भयो ।
नेपाल उत्पीडित जातीय मुक्ति समाजका शिवराजका अध्यक्ष मते विश्वकर्माको अध्यक्षता, नेपाल उत्पीडित जातीय मुक्ति समाज कपिलवस्तुका जिल्ला सदस्य संजिव गहतराजको संचालनमा सम्पन्न भएको भेलाले आसन्न निर्वाचनलाई लक्ष्ति गर्दै नेपाल उत्पीडित जातीय मुक्ति समाज लाई परिचालको निम्ती फर्स विश्वकर्माको संयोजकत्वमा १०१ सदस्य चयन गरेको छ ।

धेरै पढिएको

ताजा समाचार