कपिलवस्तु-घरलैलोका क्रममा चन्द्रौटाको गल्लि गल्लिमा पुग्नु भएका कपिलवस्तु क्षेत्र न ३(१) का उम्मेदवार अर्जुन कुमार के सीलाई मतदाताले उम्मेदवार के सीको पहलमा गल्लिहरु पिच भएको भन्दै धन्यवाद दिएका छन ।
यस क्षेत्रको विकासको लागि उम्मेदवार के सी को जित आवश्यक रहेको भन्दै मतदाताले विजयीको आर्शिवाद दिएका थिए । घर दैलो कार्यक्रममा बोल्दै उम्मेदवार के सी ले एमाले सरकारको पालामा भएका कामहरु नै एमालेको नेत्रित्वमा पुन सरकार पुग्ने आधार भएको बताउनु भएको छ ।
एमालेले मंगलबार सार्वजनिक गरेका घोषणा पत्रको पारेमा घरदैलोका क्रममा मतदाताहरुमाझ बोल्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय संकल्पलाई एमाले सरकारले निरन्तरतादिएको बताउनु भयो ।
देश र जनताको विकासका लागि एमालेको जीत आवश्यक रहेको बताउँदै जित पश्यात आफुले यस् क्षेत्रको मुहार फेर्न मुलुकको शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि ,पुर्वधार विकास र रोजगारी सृजना, औद्योगिकरणको विकासमा उल्लेख्य परिर्वन हुने गरी काम गर्ने उहाँले बताउनु भयो । देश विकास र परिवर्तको मार्गचित्र गर्ने पार्टि एमाले भएकाले आगामि निर्वाचनमा एमालेलार्ए भोट गर्न आग्रह समेत गर्नु भयो ।









