कपिलवस्तुमा पनि नो नट अगेन अभियानको प्रभाव ,शिवराजका युवाले पुराना नेतालाई भोट नदिने


कपिलवस्तु-केहि महिना देखि प्रदेश र प्रतिनिधि सभा निर्वाचनका उम्मेदवारहरुलाई लक्षित गरी सामाजिक सञ्जालमा मत नदिन देश ब्यापि रुपमा सुरु भएको ‘नो नट अगेन अभियानको प्रभाव कपिलवस्तु मा पनि परेको छ।

आज कपिलवस्तुको शिवराज नगरपालिका वडा न ३ मा युवाहरुले संयुक्तरुपमा भेला गरेर बारम्बार संसदमा पुगेर परीक्षण भइसकेका नेतालाई ४ मंसिरको चुनावबाट स–सम्मान बिदा गरौं भन्ने आशयसहित उक्त अचियान ससरु गरेको शिवराज ३ का युवा केसर महतराले बताउनु भयो

आज बसेको युवाहरुको भेलाले आगामि मंसिर ४ मा हुने निर्वाचनमा बारम्बार तिनै नेता संसदमा पठाउँदा यस क्षेत्रको विकास पछाडि परेको , सक्षम ब्यक्तिहरुले मौका नपाएको,ब्यतिबाद र आफन्तबादको राजनिति मौलाएको ,निर्वाचन पछि गाँ नफर्किएको भन्दै पुराना नेताहरुलाई बहिस्कार गर्ने र नया भिजन रसक्षम युवालाई समर्थन गर्ने निर्णय गरेको महतराले बताउनु भयो । विगतमा चुनावमा जितेका नेताहरुले आश्वासनमात्र बाडेका भन्दै आगामि निर्वाचनमा युवाले सक्षम युवा नै रोज्ने निर्णय गरेका छन ।

 

धेरै पढिएको

ताजा समाचार