वैकको चर्को व्याजविरुद्ध चन्द्रौटा उधोग वाणिज्य संघ विरोधमा


चन्द्रौटा उधोग वाणिज्य संघले वैंक तथा वितिय संस्थाले लगाएको चर्को व्याजदरको विरुद्ध विरोध प्रर्दशन गरेको छ । वैंक तथा वितिय संस्था व्याजदर चर्को गरी वृद्धी गर्दा व्यवसायीहरु धरासयी बनेको भन्दै संघ विरोध प्रर्दशनमा उत्रीएको हो ।

व्यसायीहरुले वंैकको व्याज एक अंकमा हुनुपर्ने , वेस्ट रेटमा २ प्रतिशत मात्र प्रिमीयम थपेर कर्जा प्रवाह गर्नुपर्ने , छिटै विशेष आर्थिक निति ल्याई राष्टको अर्थतन्त्र चलायमान गर्नुपर्ने लगाएतका माग राखेर प्रर्दशन गरेको चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेले वताउनुभयो ।

चन्द्रौटा वजारमा गरिएको प्रर्दशन पछि संघले शिवराज नगरपालिका , मालपोत कार्यालय चन्द्रौटा र नापी कार्यालय चन्द्रौटालाई ज्ञापन पत्र समेत वुझाएको अध्यक्ष पाण्डेले वताउनुभयो । वैंकहरुले प्रिमीयम र शेवा शुल्क वढि लिएमा संघको कार्यालयमा जानकारी गराउन समेत आग्रह गरेको छ ।

व्यवसायीहरु कठिन मोडमा रहेकाले व्याज वृद्धी गरि दुख दिने काम वन्द गर्न व्यायासायीले आग्रह गरेका छन । अर्थतन्त्र सुधार भएपछि पनि वैंकहरुले उधोगीसंग सहकार्य गर्नुपर्ने भएकाले आफनो निर्णय सच्चाउन अनुरोध गरेको छ । आफना माग प्रति सरकार र वैंकहरु गम्भिर नभए थप आन्दोलनका कार्यक्रम गर्ने संघले चेतावनी समेत दिएको छ । विरोध प्रर्दशनमा वाणगंगा यातायात व्यवसायी समिति र व्युटी तथा कस्मेटिक व्यवसायी संघले समेत एक्यावद्धता जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार