
कपिलवस्तु-नेकपा एमाले कपिलवस्तुले कार्तिक २१ गते सोमबार ( भोलि )जिल्लाको कृष्ण नगर नगरपालिका ८ बहादुरजंन्जमा बृहत कार्यकर्ता भेला गर्ने भएको छ ।आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्षित गर्दै एमालेले कार्यकर्ता भेला गर्ने तयारी गरेको हो ।
तिन वटा निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा कपिलवस्तुको निर्वाचन क्षेत्र न ३ मा पर्ने बहादुरगन्जमा आयोजना हुने भेलामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेशको कार्यक्रम रहेको ने क पा एमाले निर्वाचन क्षेत्र न ३ का संयोजक सफर अलिमियाले जानकारी दिनु भयो ।त्यस्तै एमालेले २३ गते शिवराज, २४ ते कृष्ण नगर र २९ गते विजयनगरमा बृहत भेला गर्ने तयारी गरेको छ ।
भेलामा एमाले केन्द्रिय नेता , जिल्ला कमिटीका ,पालिका कमिटीका सदस्य ,जनवर्गीय संगठनका जिल्ला सदस्य ,पालिका कमिटीका पदाधिकारी लगायता कार्यकर्ताको सहभागीता रहने निर्वाचन परिचालन कमिटी क्षेत्र न ३ ले जनाएको ।
कपिलवस्तुको निर्वाचन क्षेत्र न ३ बाट एमालेबाट प्रतिनिधि सभा तर्फ मंगल प्रसाद गुप्ता ,प्रदेश सभा क्षेत्र न ३(१) बाट अर्जुन कुमार के सी र क्षेत्र न ३(२) बाट रजाउ सहमान खाँ उम्मेदवार बन्नु भएको छ ।