मतदाता लोभ्याउन ‘मन्त्री पदको कार्ड’विकासे योजना भन्दा आफनो प्रचार


कपिलवस्तु -तिन तिन पटक सांसद पदमा कपिलवस्तु जिल्ला क्षेत्र नं. ३ निर्वाचित भईसकेका अभिषेक प्रताप शाह यो पटक पुन चौथो पटक साँसद बन्ने दौडमा चुनावी मैदानमा छन ।

लोकतान्त्रिक बाम गठबन्धनमा काँग्रेस बाट उम्मेदावर बनेका शाह चुनावी मैदानमा होमिदै गर्दा मतदाता लोभ्याउन आफुलाई जिताएमा यस क्षेत्रले मन्त्रि पाउने भन्दै घर दैलोमा मत माग्न पुगेका छन ।तिन तिन पटक सांसद पद जितेर विकासमा खासै चासो नदेखाएर मतदाताको विश्वास गुमाएका शाह यो पटक विकासे योजनाको प्रचार भन्दै आफु मन्त्रि बन्ने भन्दै आफनै प्रचार गर्न भ्याई नभ्याई देखिन्छ ।

गत स्थानिय तहको निर्वाचनमा पार्टीलाई असहयो गरेको भन्दै पार्टीबाट कारवाहिको लागि सिफारीमा समेत परेका शाहलाई यो पटक कांग्रेस शिवराजका नेता कार्यकर्ता कमैले विश्वास गर्ने देखिन्छ । पटक पटक निर्वाचन जिताएर पठाएका शाहबाट अपेक्षित विकास हुन नसके पछि निरासा बनेका मतदाताहरुले यो पटक नेत्रित्व परिर्वन गर्नु पर्ने भन्दै चोक चौराहामा गफिएको देखिन्छ।

 

२०७४ मा कपिलवस्तु क्षेत्र न ३ बाट संघिय सांसद पदमा निर्वाचित पछि सांसद बैठकमा समेत २९६ दिनमा २०२ दिन गयल भएका छन ।संसद् नै जान फुर्स नहुने नेता जनतामा कसरी जान्छन् भन्दै शाहलाई मतदाताले प्रश्न समेत गर्ने गरेका छन । प्रधानमन्त्रि समेत रहेका शेर बहादुर देउवा निकट मानिने शाहलाई
अघिल्लो पटक मन्त्रि मण्डल गठन गर्दा काँग्रेस निकटले शाहलाई लक्षित गर्दै मन्त्रि हुने भन्दै प्रचार गरे तर उनी मन्त्रि पदमा अटाउन सकेन तर  अहिले फेरि  आफैले आफैलाई मन्त्रि हुने भन्दै प्रचार गरेका छन् ।

साथै यो निवार्चनमा पनि उनका पुराना अनुहार र केहि नयाँ अनुहार प्रतिशप्रधामा उत्रिउकै कारण पनि उनलाई यो पटक जित सहज छैन ।
२०७४ को निर्वाचनाम संघिय समाजवादि फोरमबाट चुनाव लडेर उप विजेता बनेका मंगल प्रसाद यो पटक सांगठनिक हिसावले ठुलो पार्टी एमालेमा प्रवेश गरेर एमालेबाट चुनाव लडेका छन त्यस्तै पुर्व मन्त्रि समेत रहेका इश्वर दयाल मिश्र र पछिल्लो समय बलियो प्रतिशप्रधिको रुपमा राप्रपाबाट प्रकाश रजौरीया पनि चुनावि मैदामा उत्रिए सगैं आगामि निर्वाचनमा अझ कडा प्रतिशप्रधा रहने देखिन्छ ।

चुनावका बेला   उही पुराना योजना र ठूला–ठूला विकासका योजना सुनाएर मतदाता माझ भोत मागेका उम्मेदवारहरुले अवका निर्वाचानमा जनतालाई सजिलै मन जित्न र मत लिन निर्वाचन जितेर गएपछि मात्रै होइृन हारे पनि मतदाताको सेवमा खटिए मात्रै निर्वाचन जित्न सहज देखिन्छ ।

धेरै पढिएको

ताजा समाचार