
कपिलवस्तु-राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने आज कपिलवस्तुको चन्द्रौटामा आउने भएका छन । चुनावि सभालाई देशब्यापि रुपमा सम्बोधन गर्दै हिडेका सभापति लामिछानेले आज दिउसो कपिलवस्तुको चन्द्रौटा चोकमा आसन्न मंसिर ४ मा हुने निर्वाचनलाई लक्षित कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम रहेको राष्ट्रिय स्वतन्त्र पार्टी कपिलवस्तु क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार दिपक बैलबासेले जानकारी दिएका छन ।
सञ्चारकर्म छाडेर राजनीतिमा लागेका रवि लामिछानेले राष्ट्रिय स्वतन्त्र पार्टी घोषणा गरेका थिए । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले छोटो समयमा नै ६२ जिल्लामा पार्टी विस्तार गरेको छ।