कपिलवस्तुको बहादुरगन्जमा एमालेको बृहत भेला


 

कपिलवस्तु-नेकपा एमाले निर्वाचन परिचालन कमिटीक्षेत्र न ३ को बृहत भेला सम्पन्न भएको छ ।आसन्न मंसिर ४ गते हुने निर्वाचनलाई लक्ष्ति गर्दै क्ृष्ण नगर नगरपालिका ८ मा सम्पन्न भेलामा एमालेकका केन्द्रिय नेता , उम्मेदवार लगायत २ हजार बढि कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

 

गठबन्धनको पार्टीमा सर्वसाधारण नागरीक अटाउन नसक्ने प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार मंगल प्रसाद गुप्ताले बताउनु भयो । उहाँले भन्नु भयो गठबन्धन नागरीक ठगेर नेत्रित्वमा पुग्नको लागि बनाएको संगठन मात्रै र्भकाले नागरीकले त्यसमा विश्वास नगर्ने बताउनु भयो ।गठबन्धनका उम्मेदवार विकासको सम्झौता र योजना लिएर हिडेका छैनन नेता नेत विच सत्तामा पुग्ने सम्झौता गरेर चुनावि मैदानमा उत्रिएको बताउनु भयो ।

मतदातालाई छक्काएर केन्द्रका नेताको खुसि काय राख्न गठबन्धन गरेको बताउनु भयो ।उहाँले यस क्षेत्रको विकासको उपलब्धिको लागि एमालेले जित्न आवश्यक रहेको बताउनु भयो ।

सोहि बृहत भेलालाई सम्बोधन गर्दै कपिलवस्तु क्षे नं ३ (१) का उम्मेदवार अर्जुन कुमार के सी ले यस समग्र देशको विकार र परिर्वनको लागि एमाले सरकारको जित अपरिहार्य रहेको उल्लेख गर्नु भयो । एमालेको जित पछि शिक्षा, स्वास्थ्य , कृषि साथै नागरीकले महशुस गर्ने गरी विकासको छाप छाड्ने बताउनु भयो ।

निर्वाचनलाई लक्षीत गर्दै आयोजना गरीएको भेलामा नेकपा एमाले निर्वाचन परिचालन कमिटी क्षेत्र न ३ का संयोजक सफर अलिमियाले सम्बोधन गर्दै संघ र प्रदेशको निर्वाचनमा नेकपा एमालेका उम्मेदवारहरु लाई विजयी गराउन कार्यकर्ताहरु लाई आ–आफनो ठांउबाट सक्रिय भएर लाग्न आग्रह गरे । नेकपा एमालेले आफनै नेतृत्वमा बहुमतको सरकार बनाउन सबै चुनावि अभियानमा लाग्न आग्रह गर्नु भयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कपिलवस्तु क्षेत्र न ३(२) का उम्मेदवार रजाउ खाँले २०७४ मा एमालेले नेत्रित्व गरेका स्थानिय तहमा विकासले फड्को मारेको बताउनु भयो । उहाँले भन्नु भयो अव नागरीकले विकाुको अपेक्षा गरेका छन यो पटकको निर्वाचनमा एमालेले प्रतिनिधि र प्रदेश सभा दुवै तहमा निर्वाचन जित्छ उहाँले भन्नु भयो । भेलालाई एमाले नेता शुशिल कुमार श्रीवास्तब ,नेत्रराज अधिकारी ,शिव प्रसाद जैसवाल लगायतले सम्बोधन गर्नु भएको थियो ।

 

 

धेरै पढिएको

ताजा समाचार