क्षेत्रको विकास र समृद्धिका लागि जनताले मलाई जिताउने छन् :पुर्वमन्त्री मिश्र


कमलेश चन्द्र गुप्ता , कपिलवस्तु ।
जनता प्रगतिशील पार्टी नेपालका महासचिव एवम कपिलबस्तु क्षेत्र नं. ३ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार ईश्वर दयाल मिश्र (बिरेन्द्र मिश्र) ले आसन्न मंसिर ४ मा हुने निर्वाचनमा जनताले मलाई जिताउने दाबी गर्नुभएको छ ।

उहाँले आसन्न मंसिर ४ मा हुने प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा कपिलवस्तु क्षेत्र नं ३ का जनताले क्षेत्रको विकास र समृद्ध बनाउनका लागि आफुलाइ जिताउने विश्वास व्यक्त गर्नु भएको छ । शिवराज नगरपालिका चन्द्रौटामा जनता प्रगतिशील पार्टी नेपाल कपिलबस्तुद्वारा आयोजित आम सभामा बोल्दै मिश्रले यस्तो बताउनु भएको हो ।

उहाँले यस क्षेत्रको लागि मैले जति कसैले पनि काम नगरेको दाबी गर्नु भयो । मिश्र गत निर्वाचनमा हारे पनि यस क्षेत्रका लागि करोडौ रुपियाको योजना ल्याएको बताएका छन् । त्यही भएर यस पटक जनताले “हाम्रोलाई होइन राम्रोलाई” वोट दिन्छ मिश्रले थपे । यस क्षेत्रमा जनताको समस्यामा पनि कुनै परिवर्तन नभएको र नागरिकले दुख पिडा सहदै आएकोले अब परिवर्तन खोजेको समेत उनले बताए ।

नेता मिश्रले किसानको उत्थान गर्ने पार्टी जनता प्रगतिशील पार्टी नेपाल मात्र रहेको बताउँदै किसानलाई क्रेडिट कार्डको व्यवस्था, सिँचाइको व्यवस्था, बिउबिजन र मल सजिलै उपलब्ध गराउन आफूले पहल गर्ने बताए। चुनाव पश्चात् नेपाल सरकारले तत्काल किसानको व्यवस्था नसुनेमा किसान आन्दोलन सुरु गर्ने र किसानका आवाज प्रतिनिधि सभामा उठाउने बताउनुभयो ।

कार्यक्रममा जप्रपा का राष्ट्रीय उपाध्यक्ष फरहान अकबाल खान, कपिलबस्तु क्षेत्र न ३ ‘ख’ का उम्मेदवार मिर्जा राशिद बेगले लगायत आफ्नो भनाइ राख्नुभएको थियो।

धेरै पढिएको

ताजा समाचार