
कपिलवस्तु-शिवराज नगरपालिकाका लागि जसपा बाट उपमेयर र वडा अध्यक्षमा उम्मेद्बारी दिएका प्रमिला चौधरी र फेरू थारू औपचारिक रुपमा एमाले प्रवेश गर्नुभएको छ ।
गत स्थानीय निर्वाचनमा उम्मेद्बारी दिनुभएकी प्रमिला चौधरी र शिवराज १ नम्बर वडाक वडा अध्यक्षका लागि जसपा बाट उम्मेदवारी दिनुभएका फेरू थारू आज एक औपचारिक कार्यक्रम गरी एमाले प्रवेश गर्नुभएको हो ।
नेता द्वय लाई नेकपा एमाले कपिलवस्तुका उपसचिव तथा कपिलवस्तु ३ (१) का प्रदेससभा सदस्य उमेदवार अर्जुनकुमार केसी, एमाले नगर अध्यक्ष जगत पौडेल, उपाध्यक्ष महादेव पोख्रेलले टिका खादा ओढाएर पार्टीमा स्वागत गरेका थिए, कार्यक्रममा एमाले कपिलवस्तु जिल्ला सदस्य गणेश केसी, नगर कमिटी सदस्य वीरेन्द्र केसी, लक्ष्मी हमाल लगायतको उपस्थित रहेको थियो ।