सत्ता पक्ष पार्टीहरुको महागठबन्धन हारको मानसिकता ः रायमाझी


नेकपा (एमाले) अर्घाखाँचीका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार टोप बहादुर रायमाझीले देशको राजनीति दुई धुर्वमा बांडिएको बताउनुभएको छ । एमाले केन्द्रिय सचिव समेत रहनुभएका प्रतिनिधि सभा सदस्य पदका उम्मेद्वार रायमाझीले देशको राजनीति अब एमाले र कांग्रेसमा मात्र सिमित रहने आफ्नो पहिलेको आंकलन सहि दिशा तर्र्फ गईरहेको बताउनुभएको हो ।

कपिलवस्तुको चारनम्बर जितपुरमा आयोजित अर्घाखाँची र कपिलवस्तुका कार्यकर्ता भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा रायमाझीले सत्ता पक्षका पार्टीहरु मिलेर प्रतिपक्षमा रहेको पार्टी एमालेको विरुद्ध महागठबन्धन गर्नु लज्जास्पद र हारको मानसिकता रहेको जिकिर गर्नुभयो । आफुलाई कम्युनिष्ट पार्टी भन्न रुचाउनेहरु कांग्रेससंग गठबन्धन गर्नुकोे उद्देश्य एमालेलाई सत्तामा जान नदिने षडयन्त्र रहेको रायमाझीको दावि रहेको छ । कुनै लक्ष्य वा उद्देश्य विना गठबन्धन गर्नुको उद्देश्य सत्तामा जाने मात्र भएको र एमालेको लक्ष्य र उद्देश्य स्पष्ट भएकाले एमालेसंग एक्लै लड्ने सामथ्र्य रहेको उहाँले बताउनुभयो ।

देशमा सडक, खानेपानी, शिक्षा, कृषि, रोजगार, विद्युतीकरण, सामाजिक सुरक्षा र न्यायको क्षेत्रमा एमालेको योगदान जनताले राम्रोसंग बुझेको भन्दै गठबन्धनलाई एमाले एक्लैले परास्त गर्ने रायमाझीले बताउनुभयो । देशैभरका सबै पहाडी जिल्ला मध्ये सबैभन्दा विकासको पहुंचमा पुगेको जिल्ला अर्घाखाँची भएकोले यसमा एमाले र आफ्नो नेतृत्वदायी भुमिका रहेको सबैलाई जिल्लावासीले स्पष्टसंग बुझेको बताउनुभयो ।

जिल्लाका ६१ वटै वडाका हरेक टोलटोलमा बाटो पुगेको र बाँकी रहेका काम पुरा गर्नका लागि सुर्यध्वजावाहक उम्मेद्वारहरुलाई विजयी गराई एमालेको नेतृत्वमा सरकार बनाउनका लागि सहयोग गर्न आह्वान समेत गर्नुभयो । सोही क्रममा प्रदेश सभा सदस्यका उम्मेदवार रामजी प्रसाद घिमिरेले नेकपा एमाले राष्ट्रबादी पार्टी भएकाले आम मतदाताले एमालेलाई जिताउने विश्वास व्यक्त गर्नुभयो । त्यस्तै कपिलवस्तु १ प्रदेश सभा सदस्यका उम्मेदवार विष्णु पन्थीले एमालेको लुम्बिनी प्रदेशको ३ वर्षे कार्यकाल सुशासन र समृद्धिको आधार भएको बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले रुकुम पश्चिम र जाजरकोट जिल्लाको निर्वाचन तयारीको स्थलगत अनुगमन गरेका छन् । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचन तयारी अनुगमन कार्यक्रम अन्तर्गत अर्थमन्त्री खनालले हिजो (शुक्रबार) दुवै जिल्लाको भ्रमण गरेका हुन् । भ्रमणका क्रममा उनले प्रमुख जिल्ला अधिकारीसहित जिल्लास्थित चारवटै सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचन तयारी, सुरक्षा व्यवस्था तथा निर्वाचन आचारसंहिता पालनाको अवस्थाबारे जानकारी लिएका थिए । रुकुम पश्चिममा भएको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको जानकारी गराउँदै २१ वटा मतदान स्थललाई अति संवेदनशीलका रूपमा वर्गीकरण गरिएको बताए । त्यस अवसरमा अर्थमन्त्री खनालले जिल्ला निर्वाचन कार्यालयको समेत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दिपेन्द्र थापा मगर र जिल्ला निर्वाचन अधिकारी मोहनलाल के.सीसँग छलफल गर्दै हालसम्मको निर्वाचन तयारीबारे जानकारी लिएका थिए । त्यसैगरी, जाजरकोट जिल्लाको अनुगमनका क्रममा प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले निर्वाचन आचारसंहिता पालनाको अवस्था सन्तोषजनक रहेको र १६ वटा मतदान केन्द्रलाई अति संवेदनशीलमा वर्गीकरण गरिएको जानकारी अर्थमन्त्रीलाई गराएका थिए । अर्थमन्त्रीले खनालले जिल्ला निर्वाचन कार्यालयको स्थलगत भ्रमण गरी मुख्य निर्वाचन अधिकृत दुर्गाप्रसाद खनाल र जिल्ला निर्वाचन अधिकारी रामलाल प्याकुरेलसँग निर्वाचन तयारीको अवस्थाबारे छलफल गरेका थिए । दुवै जिल्लाको अनुगमनपछि अर्थमन्त्री खनालले निर्वाचन तयारी सन्तोषजनक रूपमा अघि बढिरहेको, स्थानीय तहमा राजनीतिक दल तथा उम्मेदवारबीच स्वच्छ प्रतिस्पर्धाको वातावरण बनेको र आम मतदाताले भयरहित रूपमा निर्वाचनमा सहभागी हुन सक्ने अवस्था रहेको बताएका छन् ।