काँग्रेस उम्मेदवार सुरेन्द्रराज आचार्यबाट आचार संहिता उल्लंघन


कपिलवस्तु-
नेपाली काँग्रेस क्षेत्र नम्बर २ का उम्मेदवार सुरेन्द्रराज आचार्यबाट आचार संहिता उल्लंघन भएको छ । निर्वाचन आचार संहिता अनुसार मतदातालाई प्रभाव खालका समाग्री वितरण गरेका छन् । उम्मेदवार आचार्यले मतदातालाई प्रभाव पार्न आचार्य र प्रदेश सभा सदस्य पदका उम्मेदवार सुधाकर पाण्डेको प्रचार गरी फित्तावाला कि रिङ वितरण गरेको प्रमाण फेला परेको छ ।
यसै गरी घरदैलोको क्रममा चुनाव चिन्ह प्रिन्ट गरेको खादा लगाएर मतदाता प्रभावित गर्दै आएका छन् । उम्मेदवार आचार्यको फेसबुक पेजमा चुनाव चिन्ह प्रिन्ट गरेको खादा प्रयोग गरेको फोटो पोष्ट भएको छ । आचार्यले मापदण्ड विपरित रंगिन पोष्टर समेत प्रयोग गरेका छन् ।

धेरै पढिएको

ताजा समाचार