स्वास्थ्य सेवा आम नागरिककाे पहुँचमा पुर्‍याउँछु : गुप्ता


राम अवतार चाैधरी,कपिलवस्तु-

नेकपा एमाले कपिलवस्तु क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य उम्मेदवार मंगल प्रसाद गुप्ता विगत पाँच दशकदेखि संघर्ष गर्दै आएका छन् । विगतमा पटक-पटक चुनावमा पराजित भए पनि यस पटक भने उनी जितेर समाज सेवा गर्ने याेजनमा छन् । कुन‌ै पदमा नरहेपनि आम नागरिकलाई शिक्षा, कृषि लगायत हरेक क्षेत्रका तह तप्कामा याेगदान पुर्‍याउँदै आएका छन् । कृषि तथा औधोगिक करिडोरकाे रुपमा विकास गर्ने याेजनाका साथ जनताबीच पुग्ने गरेकाे छन् । उम्मेदवार गुप्तासँग चुनाव केन्द्रित गरिएको संक्षिप्त कुराकानी ।

तपाईंको उम्मेदवारी के का लागि ?

– देश विकास, जनताको जीवनस्तर उकास्न, भष्ट्राचार, अन्याय, अत्याचार, शाेषण र सामान्ती शैली भावनाकाे अन्त्यकाे लागि मेलै उम्मेदवारी दिएकाे छु।

मतदाताले तपाईलाई के प्रश्न गरिरहेका छन् ?

– मलाई मतदाताले यस क्षेत्रकाे विकास कहिले हुन्छ भनेर साेध्ने गरेका छन् । विगतका निर्वाचनमा पटक-पटक उम्मेदवारी दिँदै आएका पनि पराजित हुँदै हुनुभएको भनेर मतदाताले प्रश्न गर्ने गरेका छन् । जसकाे प्रश्नकाे उत्तरमा यदि आम नागरिक तपाई विकास र समृद्धि चाहनुहुन्छ भने यसपटक नेकपा एमालेलाई विजय बनाउनुपर्छ अनि मात्र विकासकाे परिकल्पना गर्न सकिन्छ ।

अहिले सम्म नेतहरुले जनतालाई झुठा आश्वासन दिएर चुनाव जितिसके पछि गाउँघरमा नफर्केकाे गुनासाे छ । जसलाई एमालेले समाधानकाे विकल्प दिने समर्थ राख्छ । म गत निर्वाचनमा पराजित हुनुकाे कारण हाे । मेराे इमानदारी र स्वच्छ छवि जसले मलाई पराजित गराउने गरेकाे मेराे बुझाइ छ । अरु जस्ताे जनतालाई ढाट्ने, छल्ने मेराे नैतिकताले पनि दिँदैन र मलाई आशा छ यसपटक जनताले विजेता गराउने छन् ।

चुनाव जित्न त व्यापक रुपमा जनतालाई आकर्षित गर्न सक्ने एजेन्डा चाहिएला नि ? त्यस्तो के छ तपाईंसँग ?

– जनतालाई आकर्षण गर्ने एजेन्डा भन्दा पनि स्थानीय स्तरमा शिक्षालाई प्राथमिकतामा राखेर काम गर्छु । त्यस्तै कृषिमा मलखाद, बिउबिजन लगायत सिँचाइ व्यवस्थापन सहित स्वास्थ्य सेवा आम नागरिककाे पहुँचसम्म उपलब्ध गराउने र सडक सञ्जालकाे दुरदशालाई सुधार गर्नुका साथै पूर्वाधार विकासकाे तयारी गर्ने मुख्य एजेन्डा रहेकाे छ ।

धेरै पढिएको

ताजा समाचार