
चुनाव हारेपछि कांग्रेस नेताले लेखे– मासु–भात र जाँड रक्सीमा बिक्ने समाजले विकासको के अपेक्षा गर्छ ?
चुनाव हारेका नेपाली कांग्रेसका नेता अभिषेकप्रताप शाहले मतदातालाई मासु, भात र जाँड–रक्सीमा बिकेको आरोप लगाएका छन् । निवर्तमान सांसदसमेत रहेका शाह एमालेका मंगलप्रसाद गुप्तासँग कपिलवस्तु ३ बाट पराजित भएका थिए ।
२०६४ र २०७० सालको संविधान सभामा तत्कालीन मधेशी जनअधिकार फोरमबाट जितेका शाह २०७४ सालमा कांग्रेस प्रवेश गरेर चुनाव जितेका थिए । यसपटकको चुनावमा भने उनी पराजित भए ।
पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै शाहले मतदातालाई गाली गरेका हुन् । ‘मासु–भात र जाँड–रक्सीमा बिक्ने समाजले के विकासको अपेक्षा गर्छ ?’, मंगलवार उनले फेसबुकमा लेखेका छन् ।