विजयनगर । कपिलवस्तुको विजयनगर गाउँपालिका -३ कि वडासदस्य माधुरी लोहारकोको निधन भएको शोकमा विजयनगर गाउँपालिकाले आइतवार सार्वजनिक बिदा दिने भएको छ ।
विजयनगर गाउँपालिकाका कार्यालय तथा त्यस मातहतका सम्पूर्ण विषयगत कार्यालय आइतबार एक दिनका लागि बन्द गरिने विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले बताउनुभयो ।
विजयनगर गाउँ पालिका-३ कि वडासदस्य २९ वर्षीय माधुरी लोहारकोको बिहिबार निधन भएको थियो । स्थानीय तहको निर्वाचनमा जसपा बाट उनी वडासदस्य पदमा निर्वाचित भएका थिईन् ।