शिवराज नगरपालिका एक्सनमा उत्रियो, जथाभावी पार्किङ गरे जरीमाना 


अर्जुन बेल्बासे ,चन्द्रौटा (कपिलवस्तु), १६ मंसिर–कपिलवस्तुको शिवराज नगरपालिकाले बजार क्षेत्र जथाभावी पार्किङ गरेर राखेका सवारीसाधनहरु ब्यवस्थापन गर्न थालेको छ ।

बजार क्षेत्रमा जथाभावी पार्किङले दुर्घटन बढाउने र बजार अव्यवस्थित बनेको भन्दै आज शिवराज नगरपालिकाका नगर प्रमुख अजय थापा, शिवराज नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष नेत्र प्रसाद बेल्बासे , जिल्ला ट्राफिक प्रहरी कपिलवस्तुको टिमल आज चन्द्रौटा बजारमा सवारी साधन पार्किङ गर्न बजार क्षेत्रमा ४ ठाउँ मात्रै तोकेको छ ।

अस्त–व्यस्त पार्किङले बजार निकै कुरुप बन्दै गएको र दुर्घटनाका जोखिम पनि बढ्दै गएको भन्दै मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको सवारीधाधनको लागि निश्चित ठाउँ मात्रै पार्किङ क्षेत्र तोकिएको नगरपालिकाका नगर प्रमुख अजय थापाले बताउनु भयो । उहाँले भन्नु भयो आज देखि पार्किङ को लागि सिमित ठाउँ तोकिएको छ जतावावि पार्क गरे कारवाहि हुने उहाँले बतानु भयो ।

बजार क्षेत्रमा अनधिकृत ठाउँमा पार्किङ गर्दे आएको मा अब मोटरसाइकलका साथै तीनपांग्रे र चारपांग्रेको सवारीधाधनको लागि छुट्छुट्टै पार्टी तोकेको उहाले बताउनु भयो । आज देखि एक पटकमा तोकिएको ठाउँमा बस दुई बटा मात्रै पार्क गर्न पाईने , अटोरिक्सा ४ वटा मात्रै पार्क गर्न उहाँले आग्रह गर्नु भएको छ ।

बजार सुन्दरता बढाउन पार्किङ लाई ब्यविस्थत गर्न आजदेखि पार्कको लागि मार्किङ गर्न सुरु गरेको बताउनु भयो । नगरले तोके भन्दा अन्यत्र अनाधिकृत रूपमा पार्किङ गर्ने सवारी साधनलाई विशेष कारवाही गर्ने बताउनु भयो ।साथै ट्राफिक प्रहरीलाई कडा रुपमा निगरानी गर्न समेत आग्रह गर्नु भयो ।

धेरै पढिएको

ताजा समाचार