अन्तराष्ट्रिय अपाङ्गता दिवसमा सचेतना तथा सडक र्‍याली


अर्जुन बेल्बासे ,चन्द्रौटा (कपिलवस्तु), १७ मंसिर ।३१औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको अवसरमा सचेतना तथा सडक ¥याली कार्यक्रम गरिएको छ । “समावेशी विकासका लागि रुपान्तरित समाधान ः पहुँचयुक्त र समतामूलक विकासको लागि उर्जावान सिर्जनशीलताको प्रावधान” भन्ने मूल नाराका साथ जिल्लाको शिवराज नगरपालिका–५, चन्द्रौटामा शनिबार सचेतना तथा सडक ¥याली गरिएको हो ।

स्ट्रोम फाउन्डेशनको सहयोग, शिवराज नगरपालिकाको सहकार्य र किर्डाक नेपालको आयोजना तथा मेरुदण्डीय पक्षधात समूह नेपाल कपिलवस्तुको सहकार्यमा सचेतना तथा सडक ¥याली सम्पन्न गरिएको आयोजकले जनाएको छ । नगर स्तरीय अपाङ्गता पुनःस्थापना समितिका अध्यक्ष सन्तोष आचार्यले कार्यक्रमलाई सम्बोधन गर्दै अपाङ्गता भएका व्यक्तिले पनि सपाङ्ग सरह अधिकार पाउनुपर्ने बताउँदै सरकार र सम्बन्धित निकायले यस विषयमा थप गम्भीर हुनुपर्ने बताए ।

उनले अपाङ्गताको क्षेत्रमा कसरी काम गर्ने ? र अपाङ्गताका आवश्यकताहरु के के हुन् ? त्यस अनुरुप सम्बन्धित निकायले अगाडि बढ्नुपर्ने बताए । अझै पनि अपाङ्गता भएका व्यक्ति अपहेलित भएको बताउँदै अवसर पाए साङ्ग सरह काम गर्न सक्ने क्षमता समेत हुने गरेको उनले बताए ।

यसैगरी मेरुदण्डीय पक्षघात नेपाल कपिलवस्तुका अध्यक्ष खोमराज घिमिरेले अपाङ्गता भएकाले सहयोगको भावना लिएर अगाडि बढ्नुपर्ने बताए । मेरुदण्डीय पक्षघात समूहले दृष्टिविहीनलाई छडी र खुट्टा, अपाङ्गतालाई व्हिल चियर लगायतको सामग्रीसमेत वितरण गर्ने योजनाका साथ अघि सरेको उनले जानकारी दिए ।

उनले अपाङ्गता भएका व्यक्तिले पनि देश चलाउन सक्ने तर्क गर्दै सरकारले अपाङ्गता भएका व्यक्तिलाई अवसर र आवश्यकतामा ध्यान पु¥याउन आवश्यक रहेको बताए । आफ्नो हक, अधिकारका लागि अपाङ्गता भएकाहरुले एकजुट भएर अगाडि बढ्नुपर्नेमा उनले जोड दिए ।

कार्यक्रममा शिवराज नगर अपाङ्गता सञ्जालका अध्यक्ष दिपक खड्का, किर्डाक नेपालका राजेश चौधरी, हिरामन्ती थारु, जेडिसी ग्रुपका अध्यक्ष अक्षय थारु लगायतले सम्बोधन गरेका थिए ।

धेरै पढिएको

ताजा समाचार