शिवराजका मेयर थापा र वडा अध्यक्ष बेल्बासे एकसाथ एक्सनमा


कपिलवस्तु –एक सात अगाडि शिवराज नगरपालिकाले सुचना सार्वजनिक गर्दै चन्द्रौटा बजार क्षेत्रमा सडक मिचेर ब्यबसाय गरेका ब्यापारिलाइ सडक खाली गर्न आग्रह गर्दा समेत ब्यबसायिहरुले अटेरी गरे पछि नगर प्रमुख अजय थापा,वडा अध्यक्ष नेत्र बेल्बासे वडा प्रहरी कार्यालयसहितको टिम सडक मिचेका ब्यबासायिहरु हटाउन सडक उत्रिएका छन ।

मुख्य व्यापारिक केन्द्रको रुपमा रहेको चन्द्रौटा बजार क्षेत्रमा जथाभावी फुटपाथ व्यापारीले ठेला पसल, पार्किङ्गमा राखेका सवारीलाई व्यवस्थापन गर्न आग्रह गर्दै एक साता अगाडि वडा मेयर थापा ,अध्यक्ष नेत्र प्रसाद बेल्बासे सहितको टिम जथाभावी पार्किङ गरे जरीमाना तोक्ने भन्दै शिवराज नगरपालिकाले बजार क्षेत्र जथाभावी पार्किङ गरेर राखेका सवारीसाधनहरु ब्यवस्थापन गर्न जुुटेका थिए ।

त्यस पछि आज पुन नगर प्रमुख थापा, ५ का वडाअध्यक्ष नेत्र प्रसाद बेल्बासे, वडा प्रहरी कार्यलय ,जिल्ला ट्राफिक प्रहरी र नगरपालिकाको टिमसँगै बजारलाई व्यवस्थापनमा अटेरी देखिएपछि सडक मिचेका ब्यबासायिहरु हटाउन सडकमा उत्रिएका हुन ।

धेरै पढिएको

ताजा समाचार