शिवरज ३ बलुहवामा स्थापना भयो वडा कार्यालयको सेवा केन्द्र ,हरेक मंगलबार सेवा प्रदान गर्ने


 

कपिलवस्तु-कपिलवस्तुको शिवराज नगरपालिका वडा नम्बर ३ ले वडा सेवा केन्द्रको स्थापना गरेको छ ।आज  एक कार्यक्रमका विच शिवराज नगरपालिका वडा नम्बर ३ को बलुहवामा वडाको सेवा केन्द्रको स्थापना गरेको हो । वडाबाट हुने सबै सेवालाई वडावासिलाई सहज रुपमा प्रदान गर्ने उदेश्य सहित वडाका सेवाग्राहीहरुको समस्यालाई मध्यनजर गर्दै बलुहवा ,होचवा ,माजगाउ र कापलकुट्टाका नागरिकहरुलाई सहज रुपमा सेवा दिने उदेश्यले सेवा केन्द्र संचालनमा आएको छ।उक्त सेवा केन्द्रबाट हरेक हप्ताको मंगलबार सेवा प्रदान हुने वडा अध्यक्ष टेकलाल सापकोटा ले जानकारी दिनु भयो ।

हाल संचालनमा रहेको वडा सम्म पुगेर सेवा लिन कठिनाई भएको गुनासे उठेपछि उक्त क्षेत्रलाई लक्षित गरेर बलुहवामा वडाको सेवा केन्द्र संचालन ल्याको अध्यक्ष सापकोटाले बताउनु भयो ।

सेवा केन्द्रको  उद्घाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि समेत रहनुभएका लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीले बलुहामा आज देखि संचालनमा आएको सेवा केन्द्रले अपाहेक ठाउँमा रहदा उक्त ठाउँकाले दुःखद झेल्दै आएको भन्दै अव त्यो समस्या नबल्झिने बताउनु भयो ।

कार्यक्रममा चेम्बर अफ कमर्शका केन्द्रीय सदस्य तथा कपिलवस्तु अध्यक्ष महादेव पोख्रेल, अकोराबका लुम्बिनी प्रदेश अध्यक्ष राजु खराल, नेकपा एमालेका नगर अध्यक्ष जगत पौडेल लगायतले सम्बोधन गर्दै वडाले सेवा केन्द्र बिस्तार गरी सेवा प्रवाह गरेकोमा धन्यवाद ब्यक्त गर्नु भएको थियो ।

कार्यक्रम शिवराज ३ का वडा अध्यक्ष टेकलाल सापकोटाको अध्यक्षता, लुम्बिनी प्रदेश सभा सदस्य अर्जुनकुमार केसीको प्रमुख आतिथ्यता, शिवराज नगरपालिकाकी उपप्रमुख शिवकुमारी थारू, प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेको विशिस्ट आतिथ्यता रहेको कार्यक्रमको सन्चालन शिव पराजुली र स्वागत वडा सदस्य श्यामलाल थारूको रहेको थियो

धेरै पढिएको

ताजा समाचार