केशव बेल्वासे, कपिलवस्तु –
लैङ्गिकतामा आधारित हिसां रोकथाम तथा उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको छ । नेपाल नेत्र ज्योती संघ आँखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंज अन्तर्गत संचालित छन्द कालेबाबु नारायणी आँखा अस्पताल वहादुरगंजको आयोजना तथा एन ए वि पी नर्वेको आर्थिक सहयोगमा बुधबार शिवपुरमा लैङ्गिकतामा आधारित हिसां रोकथाम तथा उत्तरदायित्व सम्बन्धि अन्तरक्रिया तथा समन्वय बैठक सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाल नेत्र ज्योति सघं दाङ्ग शाखाका कार्यबाहक शभापति रेशम बहादुर खड्काले अस्पताल पनि केहि मात्रामा हिंसा न्युनिकरणको अभियानमा लागेको बताउनुभयो । हिसांमा परेकाहरुलाइ अस्पतालले न्याय दिने नभएर तथ्यांक राखेर सम्बिन्धीत निकायमा पठाउने र न्यायको लागि बाटो देखाउने काम गरेको बताउनु भयो ।
यस्तै शिवराज नगरपालिका उप प्रमुख शिवकुमारी थारुले संविधानमा न्यायिक समितिको जिम्मा पालिका उप प्रमुखलाई दिएको बताउदै घटनाको अध्यान गरी पहिला मेलमिलापको बटोमा अघि बढ्ने गरेको बताउनुभएको छ । घर भित्रै धेरै किसिमको हिंसा हुने गरेको बताउदै ति हिंसालाइ बाहिर ल्याउनका लागि सबैले हातेमालो गरेर अगाडि बढ्न आग्रह गर्नुभयो । हिसां तथा कुटपिटका कारण आँखामा चोट पटक लागेको खन्डमा अस्पतामा रीफर गर्ने पनि उप प्रमुख थारुले बताउनुभएको छ ।
भौतिक विकास भन्दा पनि मानविय विकासका सवालमा आफुले काम गर्ने बताउनुभयो । यसै गरी महाराजगंज नगरपालिका उप प्रमुख रिता कुमारी कुर्मि, विजयनगर गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले हरेक चेलि बुहारी हिंसामा परेको तर बाहीर नआएको बताउदै बाहिर ल्याउनमा मानव अधिकार कर्मि र जनप्रतिनिधी हातेमालो गरेर अगाडि बढ्ने बताउनुभयो ।
कार्यक्रममा नेपाल नेत्र ज्योती संघ आँखा स्वास्थ्य कार्याक्रम राप्ती तथा वहादुरगंजका प्रमुख प्रसासक समसेर थापाले अस्पतालमा ५६ प्रतिशत महिला र ४० प्रतिशत पुरुषले सेवा लिएको तथ्यांक प्रस्तुत गर्नुभएको थियो । यसबाट पनि पुरुषको तुलनामा महिलामा आँखाको समस्या रहेको बताउनुभयो । सन २०१९ मा २२ वटा हिंसाका घटना अस्पतालमा आएको २०२० मा १५, २०२१ म १० र २०२२ मा ६ वटा हिंसाको कारणले गर्दा आँखामा चोट पटकको समस्या लिएर अस्पतालमा आएको बताउनुभयो । त्यस्ता घटनाको उपचार गरी न्यायको लागि बाटो देखाइदिने तथा सम्बन्धित निकायसम्म पुग्न अस्पतालले सहयोग गर्ने गरेको प्रमुख प्रसासक थापाले बताउनु भयो । अस्पतालले यस्तम सवालमा महिला मैत्रि कार्यक्रमहरु राखेर सेवा दिइरहेको उँहाले बताउनु भयो ।
यस्तै छन्दकाले वावु नारायणी आंखा अस्पताल वहादुरगंजका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले गत बर्षबाट यस्तो खालको कार्यक्रम गर्दै आएको बताउदै त्यस्तो खालका घटनामा र्फमको व्यवस्था गरेर तथ्यांक राख्ने काम गर्दै आएको बताउनु भयो । बिरामिहरु हिंसामा पर्ने गरेको भए पनि खुल्न नचाहने समस्या रहेको उहाँले बताउनु भयो । अस्पताल भनेको न्यायिक निकाय नभएर पनि न्यायका लागि सहयोगि भुमिका खेलेको विश्वकर्माले बताउनुभयो ।
अस्पतालका चिफ मेडिकल डाइरेक्टर डा शुलक्ष्मी कटुवालले हिंसा तथा समस्यालाइ बाहिर ल्याउन आग्रह गर्नुभयो । जिल्लामा रहेका विभिन्न मानव अधिकारका सवालमा काम गर्ने संघ सस्थाका प्रतिनिधीहरुले सामुहिक रुपमा लैङ्गिक हिसां रोकथामका लागि सुन्य सहनशिलता अपनाउने बताएका छन । मानव अधिकार कर्मिहरुले हिसांलाइ बाहिर ल्याउन र हिसां अन्त्यका लागि हातेमाले गरेर अगाडि बढ्ने बताएका हुन । आत्मनिर्भर नहुदा र बेरोजगारको समस्याले पनि हिसांका घटना बढेको महिला अधिकारकर्मिको भनाइ थियो ।